नेपालमा पहिलो कोभिड-१९ संक्रमितको मृत्यु «

नेपालमा पहिलो कोभिड-१९ संक्रमितको मृत्यु

नेपालमा कोभिड-१९ बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो । त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो। मृत्युपश्चात मृतकको कोरोना भाइरस परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यहाँ गरिएको रिपोर्टमा पनि पोजटिभ आएको अस्पतालले जनाएकोछ ।
मृत्यु भएकी महिलाको शवलाई काठमाडौं ल्याएर दाहसंस्कार गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली पुगेको छ। शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली शनिबार साँझ ७ : ३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको हो।

प्रतिक्रिया दिनुहोस्