आईएमएस ग्रुपले गरिदियो आफ्ना सबै कर्मचारीको बिमा «

आईएमएस ग्रुपले गरिदियो आफ्ना सबै कर्मचारीको बिमा

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आईएमएस ग्रुपले आफ्ना सबै कर्मचारीको बिमा गरेको छ । कम्पनीले प्रत्येक कर्मचारीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा सुविधा प्रदान गरेको हो । कुनै कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिए बिमाबापत पाउने रकमबाट आर्थिक सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
“हामी कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौँ र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीको हेरचाह गर्नु हाम्रो उत्तरदायित्व हो । त्यस कारण हामीले उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने निर्णय गरेका हौँ” आईएमएस ग्रुपका अध्यक्ष एवम् सीईओ दीपेश मल्होत्राले भने ।
आईएमएस ग्रुप एक स्थानीय समूह हो, जसअन्तर्गत २० भन्दा बढी कम्पनी छन् । आईएमएस नेपालमा सामसुङ स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी पनि हो । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङयोङको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजीआईजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरसिप पनि हात पारेको छ । यसले शिक्षा, बैंकिङ, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्