कामना सेवाद्वारा कर्मचारीहरुको कोरोना बिमा «

कामना सेवाद्वारा कर्मचारीहरुको कोरोना बिमा

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गराएको छ ।
विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बिमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यस अघि बैंकले आम नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्