ई–सेवाले जापानबाट सुरु ग-यो वैदेशिक रेमिट्यान्सको कारोबार «

ई–सेवाले जापानबाट सुरु ग-यो वैदेशिक रेमिट्यान्सको कारोबार

करिब २ महिनाअघि नेपाल राष्ट्र बैंकबाट वैदेशिक रेमिट्यान्सको कारोबारसम्बन्धी लाइसेन्स प्राप्त गरेको ई–सेवा मनी ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ ।
ई–सेवाले जापानको वल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए । यो सम्झौतासँगै अब जापानमा रहेका नेपालीहरूले ई–सेवा मनी ट्रान्सफरमार्फत सहज र सुरक्षित तरिकाले आफूले कमाएको रकम नेपालमा रहेका आफ्ना आफन्तजनलाई सही समयमा हातमा पर्नेगरी पठाउन सक्ने भएका छन् ।
आगामी दिनहरूमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले जानकारी दिए । “हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाउँमा रहेका नेपालीहरूले छिटो, छरितो र सुलभ माध्यमबाट नेपालमा पैसा पठाउन सक्नुहुनेछ ।” कोइरालाले भने, “अब हामी नयाँ सोच, प्रविधि र समयअनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।”
ई–सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्