लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने घोषणा

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको दावी गर्दै छुटेको भूमिसहितको नेपालको नक्सा जारी गर्ने घोषणा गरेको छ ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको घोषणा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालका भूमी प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने र छुटेको भूमि सहितको नेपालको नक्शा जारी गर्ने घोषणा पनि गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उल्लेख गरेकी छिन् ।