बन्दाबन्दीले पर्यटकको कमी हुँदा फुलको ब्यापार भएन

धादिङ- एक दर्शक पर्यटकीय राजधानी ठमलेमा व्यापार गरेर पर्यटन क्षेत्रलाई नजिकबाट नियालेका सुधिर खतिवडा अहिले पर्यटनको अर्को एक विधा फुल खेतीमा रमाई रहेका छन् । धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्गको बाङ्गे मोडकोे उत्तरपट्टि अवस्थित सिद्धलेक गाँउपालिका वडा नं. ७ अमिलिटारमा सात रोपनी जग्गामा ७० हजार तरवार लिलि फुल लगाएकाछन् । नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख बाह्रय पर्यटक भित्र्याउने लक्ष्य लिएसंगै उनी फुल बेचर फुलै लगाउने योजनामा थिए । तर विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन प्रायः सवै देश वन्दावन्दीमा बसेका कारण पर्यटन वर्ष स्थगित भएपनि उनको योजना स्थगित भएको छैन । सरकार कोभिड १९ को संक्रमण फैलन नदिन हरप्रयास गरिरहँदा उनी पनि फुल खेतीको स्याहा संभार गरिरहेका छन् ।
२०६२ सालदेखि २०७२ सालसम्म पर्यटकीय क्षेत्रमा “पर्टकलाई नेपालीपनका सामानहरुको व्यापार र यूरोप सामान निर्यात” गरे । विनाशकारी भुकम्प पश्चात व्यापार खस्क्यो । अनि व्यापार छोडेर बसेको थिए । छ महिना यूरोप बसे । तरपनि आफ्नै देश प्यारो लाग्यो । फर्के र आफ्नै भुमीमा फुल लगाएर फुलसंगै रमाउन पुगे । आफ्नो पैतृक भुमीमा फुल फुलाउने सपना सुधिरले सुनाए । फुलखेती पर्यटन क्षेत्रकै अर्को रुप हो । ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र विदाई गर्न फुल तथा बुकी प्रायः अनिर्वाय जस्तै छ । पर्यटकलाई खुशी र आनन्द दिनु एजेन्सीहरुको दायित्व पनि हो । नेपालको फुलले मात्र नपुगेर भारतबाट समेत आयत गर्नु परेको छ । त्यसैले राजधानी बाहिर आएर फुल खेती गरेको छु । काठमाण्डौ नजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फुल खेती गर्न सहज छ ।
तर सिंचाई गर्न पानी छैन । यस वर्ष पानी परिरहेकाले सिंचाई गर्न सजिलो भएको छ । पुलको पात तरवार जस्तो हुने भएर तरवार लिलि भनिन्छ । यो बहु वर्षे जातको फुल हो । यसको गानोबाट नयाँ विरुवा निस्कन्छ । यहि भएको फुलको गाँनोबाटै नयाँ ठाँउमा विस्तार गनृ सकिन्छ । ५० हजार विरुवा काठमाण्डौमा तयारी अवस्थमा छ । वन्दावन्दीले विरुवा लगाउने काम धकेलिएको छ । पैसा लगानी गरेर पैसा कमाउने हो । आजको भोलि नै कमाई नहुन सक्छ । तर फुल खेती शोख पनि भएकाले नबिकेर र लगानी नउठे पनि विस्मत छैन सुधिरले भने । अहिलेसम्म १० लाख भन्दा बढी लगानी भईसकेको छ । अझ थप लगानी गर्नु पर्ने छ । अहिले सात रंगका फुलहरु फुलिरहेकाछन् । लकडाउनले विश्वका मानिस घर भित्रै बसिरहेको छन । यो सिजनको फुल बोटमै सुक्ने हो । पर्यटक र यो फुलको भेट हुदैन भन्छन् सुधिर । विवाह तथा व्रतवन्ध, मण्डप र गाडी सजाउन, सभासमारोह स्थल सजाउन र वलकम गर्न प्रयोग हुने फुल प्रति गोटा १० देखि १४ रुपयाँसम्म सोलसेलमा बिक्छ । कोभिड १९ को माहामारी नआएको भए २०२० मा १५ लाखको फुल बेच्ने योजना थियो सुधिरले सुनाए ।
खानेपानीकै आभव भएको सुख्खा अमिलिटारमा फुल खेती गर्न शुरु गर्दा सवैले मलाई गाली गर्थे । अहिले वारीभरी फुलेको फुल देखाउन भेटेजतिका मानिसहरुलाई निम्नो दिन्छु र आएकालाई वारीमा लगे फुल को महत्व र फुल खेतीको वारेमा बताउने गरेको सुधिरले बताए । आफ्नै पाखापखेरोमा र्सिजनशिल काम काम गरे काम गर्नका लागि विदेश जानु नपर्ने सुधिर बताए ।