कोभिड १९ पोजेटिभ आएपछि कटुवालापौवा शिल

धादिङ- धादिङबाट काठमाण्डौ गएकी एक महिलामा कोभिड १९ पुष्टि भएपछि गल्छी गाँउपालिका वडा नं. ८ कटुवाल पौवा शिल गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको पिसिआर परिक्षणबाट धादिङकी ३० विर्षियमा कोभिड १९ पुष्टि भएपछि शुक्रवार विहानबाटबाट संक्रमण ऐन अनुसार शिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा वसेको बैठकले गाँउलाई शिल गरी परिवार आफन्तको पिसिआर गर्ने र गाँउलेहरुको आरडिटी गर्ने निर्णय गरेको छ ।
कोभिड १९ पोजेटिभ देखिएको महिला वन्दावन्दी अवस्थामा चैत्र १६ गते काठमाण्डौबाट घर आएको र वैशाख २८ गते काठमाण्डौ गएको स्थानयि भुवन थापाले बताए । ति गृहणी महिलाका श्रीमान कन्ट्रक्सनमा काम गर्छन । कटुवाल पौवा स्थित घरको छिमेकमा पाँच घर मात्र रहेको छ । ति पाँच घरका सवैको पिसिआर परिक्षण गर्ने र वरिपरिका छिमेकीको आरडिटी परिक्षणको नमूना लिने तयारी भईरहेको स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले बताए । ती पाँचै परिवारका मानिसलाई होम क्वारेनटाइनमा राख्ने र आवश्यक स्वाथ्य सामाग्री पठाउन पठाइएको स्वास्थ्य संयोज ज्ञावालीले बताए ।