सेयर बजार पुनः बन्द «

सेयर बजार पुनः बन्द

दुई दिन कारोबार गरेपछि नेपाल धितोपत्र बोर्डले पुँजी बजार पुनः बन्द गर्ने निर्णय गरेको छ । सरकारले लकडाउनमा कडाइ गर्नुुका साथै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेयर बजार पुन बन्द गरीएको भन्दै बोर्डले सरकारले अर्को निर्णय नगरेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको बोर्डले अध्यक्ष भिष्मराज ढुङगानाले बताए ।
सरकारले लकडाउनमा कडाइ गर्नु साथै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लगानीकर्तामा त्रास बढेको तथा संक्रमणको जोखिम समेत बढ्ेको हुनाले बजार बन्द गर्ने निर्णय गरेको ढुङगानाले बताए ।
धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आगामी जेठ ५ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले निर्देशन दिएसँगै नेप्सेको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । सेयर कारोबारसँगै धितोपत्र बोर्डबाट बजार सञ्चालनका लागि जारी भएका पास समेत रद्द भएका छन् ।
लकडाउनका कारण ५०औँ दिनमा मंगलबार खुलेको सेयर बजारमा २ दिन कारोबार भएपछि बिहीबारदेखि पुनः बन्द भएको हो । दुई दिन कारोबार हुँदा नेप्से परिसूचक पहिलो दिन २५ र दोस्रो दिन २४ अंकले घटेको थियो । तर, मंगलबार र बुधबार भएको कारोबारलाई समेत रद्ध गर्नुपर्ने लगानीकर्ताको भनाइ रहेको छ ।
दुई कारोबार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । तत्कालको अवस्थालाई भनेर बनाइएको अल्पकालीन कारोबार संयन्त्र अनुसार दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लाग्यो । मंगलबार झण्डै डेढ घण्टा टिकेको बजार बुधबार कारोवार सुरु भएको ४० मिनेटमै २ प्रतिशतको सर्किट लागेर बन्द भएको थियो । हाललाई नयाँ व्यवस्था अनुसार बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्