ऊर्जामा नयाँ योजनाः बढी विद्युत् खपत गर्नेलाई कम महशुल «

ऊर्जामा नयाँ योजनाः बढी विद्युत् खपत गर्नेलाई कम महशुल

आज शुक्रबार सरकारले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा बढी विद्युत् खपत गर्ने ग्राहकलाई कम विद्युत् महशुल लिने गरी नयाँ योजना ल्याउन लागिएको छ ।
अधिकांश पुरानै कार्यक्रमको निरन्तरता हुने नीति तथा कार्यक्रममा ग्राहस्थ वर्गका लागि बढी खपत गर्दा कम हुने नयाँ कार्यक्रम ल्याउन लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्यालका अनुसार, विद्युत् बढी खपत गर्नेलाई कम महशुल तिर्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको छ । विद्युत् खपत बढाउका लागि विद्युतीय चुल्हो र सवारी साधनलाई प्रोत्साहन दिने कार्यक्रम पनि ल्याउन लागिएको छ ।
नीति तथा कार्यक्रममा एक प्रदेश एक ठूला आयोजना, दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने, वितरण र प्रसारण लाइनको निर्माणलाई तीव्रता दिने तथा विद्युत् उत्पादन बढाउने लगायतका नीति आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्