कतार एयरवेजको निःशुलक टिकट «

कतार एयरवेजको निःशुलक टिकट

कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोरोनाको महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु-याएको योगदानका लागि एक लाख रुपैयाँको निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ ।
एयरलाइनले दोहाको समय अनुसार मे १२ देखि मे १८ सम्म टिकटहरु वितरण गर्नेछ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइटमा फारम भरी दर्ता गर्न सक्ने भन्दै कम्पनीले दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुने र त्यहि मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्