सिभिल बैंक र सेलपेबीच सहकार्य

सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकलाई भुक्तानी सहज गर्न सेलपेसँग सहकार्य गरेको छ । बैंकले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको हो ।
सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रालिले सञ्चालन गरेको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।
जसले मोबाइल तथा वेवको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली भित्र रही विकास गरिएको बैकले जनाएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।
ग्राहकहरुले सेलपेमा आवद्ध भएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने भन्दै बैंकले ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्ने पनि जनाएको छ ।