अन्तिम परीक्षा बिनै आज नतिजा सार्वजनिक गर्दै विद्यालयहरु

अन्तिम परीक्षा विनै नतिजा सार्वजनिक गर्दै छन् भन्दा अनौठो लाग्न सक्छ । अन्तिम परीक्षा नलिई आज (बुधवार) धादिङ जिल्लाको गंगाजमुनाका विद्यालयहरुले कक्षा १–९ को नतिजा सार्वजनिक गर्दैछन् । गंगाजमुना गाँउपालिकाको शिक्षा समितिको अध्यक्ष समेत रहनु भएको गाँउपालिका अध्यक्ष बल बहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक रुपमा मूल्यांकन गरी नतिजा निकाल्न विद्यालयहरुलाई अनुमति दिएपछि अन्तिम परीक्षा बिनै नतिजा सार्वजनिक गर्न बाटो खुलेको छ । कोरोना भाइरसको सक्रमण रोक्न नेपाल सरकारले चैत्र ६ गतेबाट विद्यालय बन्द गरेपछि परीक्षा सञ्चालन गर्न मिलेन । वन्दावन्दीको अवस्थामा परीक्षा लिने कुरै भएन । वन्दावन्दी खुलेपछि परीक्षा लिइरहनु सान्र्दभिक नहुने भएकाले विद्यालयहरुलाई आन्तरिक रुपमै मुल्यांकन गरेर नतिजा सार्वजनिक गर्न अनुमति दिएको गाँउपालिका अध्यक्ष अधिकारीले बताए ।
विद्यालयहरुले कक्षा एक देखि सातसम्म र नौ कक्षाको परीक्षा विद्यालय आफैले लिन पाउने व्यवस्था छ । यस अघि पनि तीन वटा परीक्षा विद्यालयहरुले लिईसकेकाछन् । विषेश अवस्थमा आन्तरिक रुपमै मूल्यांकन गर्ने जिम्मा पनि विषयगत शिक्षालाई नै जिम्मेवारी दिएको हो । तत्कालिन अवस्थामा परिक्षा लिनसक्ने अवस्था रहेन । निरन्तर मूल्यांकनका आधारमा नतिजा सार्वजनिक शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकबाट निर्णय भइकाले वार्षिक परीक्षा बिनै नतिजा सावजर्निक गरेको गंगाजमुना गाँउपालिका शिक्षा शाखाकी शिक्षा अधिकृत सुनिता खतिवडाले बताईन । गंगाजमुना र्गाँपालिकामा ४९ वटा सामुदायि विद्यालय मध्ये सात माद्यामिक विद्यालय र ४२ वटा आधारभुत विद्यालय छन् । दुईवटा संस्थागत विद्यालय रहेकाछन् । ती विद्यालयमा पूर्व प्राथमिक तह देखि कक्षा १२ सम्म चार हजार छ सय पाँच जना अध्यायनरत छ ।
यसै गाँएपालिका वडा नं. ३ र ४ का एक मावि सहित १२ वटा विद्यालयले कक्षा ८ बाहेकको परीक्षा चैत्र १ गतेबाट सञ्चालन गरेर सम्पन्न गरेको तामाङ खर्क मावि सातदोबाटेकाल प्रधानाध्यापक दिपक सिंखडाले बताए । तामाङखर्क माविमा कक्षा एकदेखि सातसम्म अग्रेजी माध्यमा पढाई हुने भएकाले छुट्टै परीक्षा लिएको प्रअ सिंखडाले बताए । विश्वभर कोराना संक्रमण फैलन क्रम बढेसंग विद्यालय पनि जोखि क्षेत्र हुने भएको भन्दै नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले चैत्र ५ अघि नै कक्षा १–९ को वार्षिक परीक्षा लिन गरेको आग्रह अटेर गर्ने देशभरका तीन वटा पालिका मध्ये गंगाजमुना गाँउपालिका एउटा भएका प्रअ सिंखडाले बताए ।
माध्यामिक शिक्षा परीक्षा दिन परीक्षा केन्द्र पुगेका परीक्षार्थीहरुलाई घर फर्काएसंगै सवै शैक्षिक संस्था बन्द रहने सरकारी निर्णय थियो । चैत्र ११ गतेबाट देश नै वन्दावन्दी अवस्थामा रहेको छ । परीक्षा लिईसकेका विद्यालयहरुले वन्दावन्दी अवस्थामा पनि फेसवुक पेज लगायतका सामाजिक सञ्जालहरुबाट नतिजा सार्वजनिक गरिरहेकाछन् ।