कोरोनाको आशंकामा १६४ जना आइसोलेसनमा
कोरोना भाइरस संक्रमणको आशंकामा देशभर १६४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले सबैभन्दा धेरै प्रदेश ५ मा ५७ जना आइसोलेसनमा रहेको जानकारी दिए ।
आइसोलेसनमा हुनेहरुमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, बागमतीमा ३८ जना र प्रदेश ५ मा ५७ जना रहेको जानकारी दिए । त्यस्तै मोबाइल एपमा स्व¬परीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ४० जना ‘रेड जोन’मा रहेका छन्।
नेपालमा हालसम्म १ सय १० जना संक्रमित छन् । संक्रमितमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१ जना, बागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा ३० जना र सुदुरपश्चिम प्रदेशका ५ जना रहेका छन् । संक्रमितमध्ये ३१ जना उपचारपश्चात निको भएर घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हाल विराटनगरमा विरगंञ्जमा २७, विराटनगरमा २१, रुपन्देहीमा ६, नेपालगञ्जमा २४, भरतपुरमा १ गरी जम्मा ७९ जना उपचाररत छन् ।
नेपालमा अहिलेसम्म १६ हजार भन्दा बढी व्यक्तिहरुमा टिपिसिआर विधिबार कोरोना भाइरस परीक्षण गरिएको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म ७३ हजार ४ सय ४८ जनाको परीक्षण गरिएको जानकारी दिए ।
परीक्षण गरिएकामध्ये अहिलेसम्म १ सय १० जनामा संक्रमण देखिएको छ । अहिले पीसीआरबाट देशभरिमा १६ हजार ८ सय ९८ नमुनाहरु परिक्षण गरिएका छन् ।