चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै हिमाल एयरलाइन्स «

चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै हिमाल एयरलाइन्स

चीनका गन्तव्यहरु ग्वान्झाउ र चाङ्शामा विगत दुई हप्ताभित्र चार वटा सफल कार्गो उडान पश्चात हिमालय एयरलाइन्स्ले यो महिना चीनका विभिन्न गन्तव्य शहरहरु केन्द्रित केही थप कार्गो चार्टर सञ्चालन गर्न लागिरहेको छ ।
यस अवधिमा तेस्रो गन्तव्य शहरको रुपमा छोङ्छिङ्मा यस एअरलाइन्स्ले मे ८ र ९ तारिख दुई वटा उडान सञ्चालन गरेको छ । यी दुवै उडानले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्रीहरु ढुवानी गर्ने कम्पनीले जनाएको छ । बेइजिङ्गमा नियमित यात्रु उडान सञ्चालनपश्चात हिमाल एअरलाइन्स्ले २३ जनवरीमा छोङ्छिङ्लाई चीनको पाँचौं गन्तव्य बनाई प्रतिहप्ता एउटा सीधा उडानमार्फत नियमित हवाई सम्पर्क स्थापना गरेको थियो ।
“मुलुकमा कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्गो चार्टर उडानहरुको माग वृद्घि भएको र यस महिना चीनका विभिन्न शहरहरुमा थप चार्टर उडानहरुको सम्झौता गरेको एयरलाइन्स्ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्