मंगलबारदेखि दैनिक दुई घण्टा सेयरबजार खुल्ने

मंगलबारदेखि सेयर बजार दैनिक २ घन्टा खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०लाई दैनिक आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न आग्रह गरेको छ ।
बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्मको लागि २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ ।
यस्तै ब्रोकरले क्लाईन्टलाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाईन्टले ब्रोकरलाई भुक्तानीगर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशनसँगै लगानीकर्ताले सेलिङ गरेको पैसा ब्रोकरले अनिवार्य रुपमा आईपीएसबाट दिनुपर्ने भएको छ ।