प्राइम लाइफको हकप्रद खुला «

प्राइम लाइफको हकप्रद खुला

प्राइम लाइफ इन्स्योरेन्सको १६० प्रतिशत हकप्रद बिक्री फागुन २७ आइतबारदेखि खुला भएको छ । कम्पनीले १ः१.६ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको जनाउँदै प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले हकप्रद वैशाख २ गतेसम्म भर्न पाइने बताए । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन्, उनले भने, बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल नारायणचौर नक्साल काठमाडौं तथा प्राइम लाइफ इन्स्योरेन्सको मुख्य कार्यालय हात्तीसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।
प्राइम लाइफले हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १२.५५ बोनस सेयर दिने घोषणा पनि गरेको उनले बताए । हाल प्राइमको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्तापुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । प्राइमले यही पुँजीको १२.५५ बोनस सेयर दिने निर्णय गरेको हो । बोनसपछि चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्