बिपन्न ५० बालबालिकालाई हर्लिक्स र अण्डा

जुम्ला-कोरोना भाईरस रोकथामका लागि जारी लकडाउनका कारण शैक्षिक क्षेत्र पुर्ण बन्द छन् । जसले गर्दा सबैतहको पढाई प्रभावित भएको छ । त्यस मध्यपनि आधारभुत तहकाका बालबालिकामा लामो लकडाउनका कारण पढ्ने बानीनै हराएको छ । लकडाउन अवधिमा बालबालिकालाई पढाईमा रुचि बढाउन तथा पोसिला आहार खुवाउन बालबालिलकालाई अण्डा र हर्लिक्स् वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाको सदरमुकाम खलङ्गा बजारस्थित अशोक नमुना प्रथामिक विद्यालयका विपन्न बालबालिकालाई पोषणयूक्त आराहा वितरण गरिएको छ ।चन्दननाथ नगरपालिकाको सदरमुकाम खलङ्गा बजारस्थित अशोक नमुना प्रथामिक विद्यालयका विपन्न बालबालिकालाई पोषणयूक्त आहारा वितरण गरिएको छ ।
विद्यालयमा दुई सय अध्ययनरत बालबालिका मध्ये पहिलो चरणमा ५० जना विपन्न बालबालिका छनोट गरी पोषणयूक्त आहारा (एक क्वारेट अण्डा, हर्लिक्स र घरमा पढ्नका लागि बालकथाका किताब उपलव्ध गराएको हो । लामो लकडाउनले बालबालिकाई मनोसामाजिक समस्या भएको र यस पोसिला आहारा खुवाउँदा चनाखो हुने भन्दै अण्डा हर्लिक्स वितरण गरिएको अशोक नमुना विद्यालयका विव्यस अध्यक्ष महेन्द्र कार्कीले बताए ।
उनका अनुसार क्यानडामा स्थित मानवता फाउण्डेसनको ४० हजार सहयोगमा पहिलोचरणमा ५० विपन्न बालबालिकालाई पोषणयूक्त आहारा वितरण गरिएको हो । विव्यवस अध्यक्ष कार्कीले भने, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देश नै लकडाउन भएपछि सवै विद्यालय बन्द छन् ।
अन्य क्षेत्र संगै लकडाउनबाट शैक्षिक क्षेत्रपनि बढी प्रभावित भएको छ । तर यो समस्यामा रमाईला कथा किताब पढ्ने पोसिला खाने कुरा खाँदा रोक प्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले पनि अभिभावक बोलाएर नानीबाबुको राम्रो ख्याल राख्न र नियमित पढाईमा सघाउन समेत आग्रह गरिएको उनको भनाई छ ।
यस्तै, लकडाउनका कारण विद्यालय बन्द रहेको अबस्थामा बालबालिकाको पठनपाठनलाई सहज बनाउन रेडियो खुला आकास संग समन्वय गरी रेडियो सुनापढी कार्यक्रम संचालन गरिएको छ । केहि समय अघि विद्यार्थी शुन्य भएको अशोक नमुना आधारभुत विद्यालय हाल विव्यसमा महेन्द्र कार्की आएपछि करिब २ सय बढी विद्यार्थी भर्ना भएका छन् ।