मुक्तिनाथ विकास बैंकको ब्रान्ड एम्बेस्डरमा धुर्मुस-सुन्तली

मुक्तिनाथ विकास बैंकको ब्रान्ड एम्बेस्डरमा धुर्मुस-सुन्तली
मुक्तिनाथ विकास बैंकले आफ्नो ब्रान्ड एम्बेस्डरमा सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार हस्ताक्षर गरे । बैंकले धुर्मुस र सुन्तलीलाई सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥यायको भन्दै ब्रान्ड एम्बेस्डरको रूपमा चयन गरेको जानकारी दिएको छ । कार्यक्रममा (धुर्मुस–सुन्तली) ले बैंकसँगको सहकार्यतामा गर्व महसुस गरेको बताए । बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई काम गर्ने बताए ।