कोरोना प्रभावित मुलुकमा एनआएनएको सहयोग «

कोरोना प्रभावित मुलुकमा एनआएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस प्रभावित देशमा आर्थिक सहयोग गरेको छ ।
संघका महासचिव हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावितमध्ये थप पाँच देशलाई आर्थिक सहयोग गरेको हो । बहराइन, स्पेन, पोर्चुगल र इटालीले ५ हजार तथा माल्टाले तीन हजार अमेरिकी डलर आर्थिक सहयोग पाएका छन् ।
संघले पहिलो चरणमा कुवेत, यूएई, साउदी अरब, साइप्रसमा रहेका संघका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग गरेको थियो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले २७ देशमा रहेका ५ हजार २ सय ४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्