जनकपुरका पत्रकारले गराए कोरोना परीक्षण «

जनकपुरका पत्रकारले गराए कोरोना परीक्षण

जनकपुरका पत्रकारहरुले कोरोना भाइरसको परीक्षण गरएका छन् । कोरोना महामारीसम्बन्धी समाचार संकलनका लागि फिल्डमा खटिएका पत्रकारहरुले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराएका हुन् ।
नेपाल पत्रकार महासंघको पहल र नेपाली सेनको संयोजनमा जनकपुरका २५ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री श्रीनाथ गणको संयोजनमा प्रादेशिक प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले पत्रकारहरुको स्वाब संकलन गरेको छ ।
लकडाउनको अवधिमा समेत जनतालाई सुसूचित गराउने दायित्व निर्वाह गर्दै निरन्तर फिल्डमा खटिइनुपर्ने भएकोले सम्भावित जोखिमलाई दृष्टिगत कोरोना परीक्षण गराएको पत्रकारहरुले बताएका छन् ।
कोरोमा महामारी फैलिइरहेको बेला निरन्तर अग्रमोर्चामा खटिने पत्रकारहरुको जोखिमलाई ध्यानमा राखेर स्वाब परीक्षण गरिएको महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्