बन्दाबन्दीमा घरघरमै सामाजिक सुरक्षा भत्ता «

बन्दाबन्दीमा घरघरमै सामाजिक सुरक्षा भत्ता

जुम्ला -कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका  लागि देश डेढ महिना यता लकडाउनमा छ । लकडाउन र भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठ नागरिकलाई मुस्किल छ । कतिपय जेष्ठनागरिकहरु सामाजिक सुरक्षाभत्ताबाटै नुन तेल गर्ने, लुगाफाटो किन्ने अबस्थाका छन् । जो बुझ्न महिना दिन गन्दै समेत बसेका हुन्छन् । पहिला अधिकांश जेष्ठनागरिक बैंकमा गएर भत्ता बुझथे ।

कोरोना भाईरस संक्रमण रोकथामका लागि जारी लकडाउनले गर्दा भत्ता नपाउने चिन्तामा रहेका जेष्ठनागरिकहरुलाई यहाँका स्थानीय सरकारले घरघरमै पुगेर भत्ता वितरण गरेको छन् । तिला, हिमा, तातोपानी र गुठिचौर लगायतका स्थानीयतहले घरमै पुगेर जेष्ठनागरिकलाई भत्ता वितरण गरेको पाइएको हो । बैंकिङ प्रणालीबाट मात्रै सामाजिक सुरक्षा भत्ता दिने प्रावधान भएपनि हालको अबस्थालाई मध्यनजर गरी घरमै भत्ता दिनु पनि सान्दर्भिक हो ।

सोहि अनुसार तिला गाउँपालिकाले आफ्ना ९ वडाका सबै नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको अध्यक्ष रतनाथ योगाीले बताए । उनका अनुसार प्रत्यक वडामा वडासचिव र वडाध्यक्ष परिचालन गरी सामाजिक सुरक्षा वितरणको व्यवस्था मिलाइएको छ । गाउँपालिकाको निर्देशन अनुसार १ नं.वडाका सबैनागरिकलाई घरमै भत्ता वितरण गरिएको वडाध्यक्ष पर बहादुर रावतले बताए ।

त्यस्तै यहाँको हिमा गाउँपालिकाले पनि ७ वडा भित्रका स्थानीयको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने, हालको अबस्थामा बैंकबाट भत्ता दिँदा भिडभाड हुने, लकडाउनको उल्लघन भएको देखिने । त्यसैले पनि घरमै पुगेर वितरण गर्दा नागरिक पनि खुसी भएका छन् । भने, विहान बेलुका घरमै गरेर भत्ता दिँदा लकडाउनको पनि पालना भईरहेको छ ।

त्यस्तै तातोपानी गाउँपालिकाले पनि वडा नं १ देखी ६ का स्थानीय बाहेक ७ र ८ नम्बर वडा ताम्ती क्षेत्रका सबैको घरमै पुगेर भत्ता दिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ७ र ८ नं. वडामा पर्ने टोप्ला, ताम्ती, बारगाउँ, सुर्की, सर्मी, लगायत दर्जनौ गाउँबाट पालिका आउन एकदिन बास बस्नु पर्छ । अध्यक्ष न्यौपानले भने सबै झन्झटको अन्त्य गर्दै घरमै भत्ता पुराएको हो ।

उता, गुठीचौर गाउँपालिकाले १ र २ वडाका स्थानीयलाइ घरमै भत्ता वितरण गरेको छ । पालिका भरीका २ हजार एक सय ९६ जनालाई दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ताका लागी एक करोड २६ लाख ६ हजार निकास भएको छ । भने,वडा नं ३ देखी ५ वडा भित्रका स्थानीयबासी लाई बैंक मार्फत समाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपिचन्द्र प्याकुरेलले जानकारी दिए ।

साथै कनकासुन्दरी गाउँपालिकाले पनि दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको जनाएको छ । तर बैंकमा इन्टरनेटको समस्याले पैशा निकाल्नमा समस्या भएको छ । भने, पैसा निकाल्न वित्तीकै घरमै पुगेर वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विपिन्द्रप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै, चन्दननाथ नगरपालिका, पातारासी र सिंजा गाउँपालिकाले पनि घरमै भत्ता वितरणको तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्