कोभिड–१९, मानव समाज र धर्ती «

कोभिड–१९, मानव समाज र धर्ती

जलमण्डल, भूमण्डल र वायुमण्डलमा भीषण आक्रमण गरी तिनमा असन्तुलन ल्याएर आफ्नै अस्तित्वमाथि प्रश्नचिह्न लगाएको छ वर्तमान मानव समाज र सभ्यताले ।

कोरोना भाइरस अथवा ‘कोभिड–१९’ भनेर चिनिने यो भाइरस चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा देखियो र पैmलियो । यो सहरमा रहेका झन्डै १ सय ७५ जना नेपाली विद्यार्थी, व्यापारी र अन्य पेसाका मान्छेहरू अत्तालिएपछि नेपाल सरकारले जेट विमान चार्टर गरेर ल्याई भक्तपुरको क्वारेन्टाइनमा राख्यो । १५ दिनपछि ती सबै आआफ्नो घरमा सकुशल फर्किए । महामारी नियन्त्रणमा सरकारले सही नीति र चिनियाँ जनताको अनुशासनको परिणाम हो यो ।
चीनमा कोरोनाले ८२ हजार सङ्क्रमित भए, झन्डै ३ हजार ३ सय ४ को निधन भयो, धेरै उपचारपछि घर फर्किए, अहिले रोग नियन्त्रण भइसक्यो । बरु युरोप, अमेरिका, मध्यपूर्वलगायत विश्वका २ सयभन्दा बढी राष्ट्रमा फैलिरहेछ । इटली, फ्रान्स, इरानतिर हजारौंको मृत्यु भयो, अरू हजारौँ सङ्क्रमित छन् । यस्तो घडीमा चीनले ती राष्ट्रमा औषधि उपचार प्रविधि र सक्षम जनशक्ति सहयोगस्वरूप पठाएको छ । यो मानवीयताको महान् परिचय हो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पचाहिँ ‘चिनियाँ भाइरस’ भनेर चीनको बदनाम गर्न पनि पछि परिरहेका छैनन् ।
सन् १९१४ मा अफ्रिकी मुलुक नाइजेरियामा इबोला भाइरसले महामारी फैलिरहेको थियो । त्यहाँ हजारौँको मृत्यु भयो, लाखौँ जनताको जीवन खतरामा प¥यो । त्यस घडीमा चीनले १ हजार जना स्वास्थ्यकर्मीसहित औषधि उपचार सामग्री पठायो । क्युवाले १ हजार जना डाक्टर र अमेरिका, ब्रिटेनले पनि स्वास्थ्यकर्मी एवं औषधिहरू पठाएर सहयोग पु¥याए । सो कदम विश्व भ्रातृत्वको एक नमुना हो । साझा सवालमा सबै एक भएर कदम चाल्नुपर्छ भन्ने त्यस बेला महŒवपूर्ण सन्देश दिएको हो, तर नाइजेरियामा इबोला राम्ररी नियन्त्रण नहुँदै अमेरिकी दबाबले त्यहाँको सरकारले क्युवाली डाक्टरहरूलाई फिर्ता ग¥यो । यो घटना दाँतमा लागेको ढुङ्गोजस्तै थियो ।
विज्ञको भनाइअनुसार अमेरिकामा हरेक वर्ष रुघाखोकी, निमोनियाँले ६० हजारभन्दा धेरै मान्छे मर्छन् । त्यहाँको वातावरणीय प्रदूषण, खानपान र जनजीवन नै त्यसको मूल कारक हो । यसमा अमेरिकाको बदनाम कसैले गरेको छैन, तर आफ्नो प्रतिस्पर्धी भयो भनेर चीनको बदनाम गर्न र क्युवालाई हतोत्साहित पार्न अमेरिका उद्यत देखियो । यसले दीर्घकालसम्म ऊ स्वयंलाई हानि गर्छ ।
जलमण्डल, भूमण्डल र वायुमण्डलमा लाखौँ प्रकारका आँखाले नदेखिने जीवाणुहरू छन्, जसलाई अङ्ग्रेजीमा अमिबा, हाइड्रा, ब्याक्टेरिया, भाइरस इत्यादि भनिन्छ । तिनैको सन्तुलनले धर्तीमा जीवजन्तु र पक्षीहरूको सृष्टि, विकास र वृद्धि भएको हो, जल, जमिन र आकाशमा विचरण गर्छन् । झन्डै ७० लाख वर्षअघि सृष्टि भएको एक प्रकारको बाँदरजस्तो वनमान्छे विकासकोे क्रममा दसौँ, बीसौँ लाख वर्षपछि उनीहरू पृथ्वीका तीन फरक–फरक भूगोलमा पुगे । युरोपको चिसो जलवायु, अफ्रिकाको तातो हावा र आसियानको न्यानो वातावरणमा पुगेर ती क्रमशः गोरा, काला र पहेँला मान्छे बने, जसलाई आर्यन, हब्सी र मङ्गोल भनिन्छ । ती तीनै मूल नश्ल र उपनश्लहरूका मिश्रणले कालान्तरमा असङ्ख्य जाति, जनजातिहरू बने । आज नेपालमै १ सय २४ जाति र १ सय २३ भाषा छन् भने संसारमा ६ हजार भाषा हजारौँ जाति तथा जनजातिहरू छन् । त्यसै गरी पृथ्वीका सबै मानिस हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, ताओ, यहुदी लगायत प्रकृति पूजक मानिने बोनजस्ता थुप्रै धर्म–दर्शनमा विभक्त छन् । यो पृथ्वी, मानव जाति र यहाँका सबै कुरा आआफ्नो ईश्वरले जन्माएको दावी यी सबैको । जब कि यीमध्ये सबभन्दा पुरानो धर्म–दर्शन हिन्दू सम्प्रदायको जन्म भएकै ५ हजार वर्ष भएको छैन । प्रकृति पूजक मानिने बोन धर्मावलम्बीहरूचाहिँ पहाड, नदी, वनजङ्गल, हिमाल, सूर्य आदिलाई सृष्टिकर्ता मान्छन् । यो कुरा भने सत्य हो, प्रकृतिको जन्म भएको अर्बौं वर्ष भयो ।
आज पृथ्वीभरिका मान्छेहरू आमरूपले विविध धर्म–दर्शनका अनुयायी छन् । तीमध्ये बोनवादीहरूको चाहिँ अस्तित्व नै सङ्कटमा छ । कपोकल्पित पूर्वजन्म र पुनर्जन्म, स्वर्ग र नर्कको वकालत गर्ने अनेक धर्मले जनमानसको दिलदिमागमा प्रकृति विरोधी चिन्तन सम्प्रेषण गरेर पथभ्रष्ट तुल्याएका छन् । त्यही कारणले उनीहरूका दैनिक क्रियाकलाप, जनजीवन र सामाजिक व्यवस्थाहरू सबै कृत्रिमतामा आधारित छन् । यस्ता चिन्तन वा प्रवृत्तिले प्रकृतिलाई निर्मम दोहन र शोषण गर्छन् । हुन पनि कृत्रिमतामा आधारित दर्शनले प्राकृतिको महान् स्रोत कसरी संरक्षण होला ?
यहाँ त्यस्ता चिन्तनलाई ‘कृत्रिम दर्शन’ भन्नुको मूल कारण हो— ती सबै धर्म–दर्शनका अनुयायीहरूले आआफ्ना भगवान् (?) हरू भनौँ ब्रह्मा, विष्णु, महादेव, महमद, ताओ, बुद्ध, यसु वा क्राइस्ट, मसिहाहरूले सम्पूर्ण प्रकृतिको सृष्टि गरेको अफवाह पैmलाउँछन् । समुद्र, हिमाल, नदी, आकाश, जमिन, जीवजन्तु, पक्षीहरू तिनैले बनाएको दाबी गर्छन् । जब कि यी तर्कमा कुनै वैज्ञानिक आधार छैन । प्रकृतिभन्दा आफ्नो धर्म–दर्शन र त्यसका प्रतिपादक (मान्छे) हरूलाई माथि राखी सर्वोपरि मान्नु स्वयं ठूलो भ्रम हो वा कृत्रिमकता हो । तसर्थ मान्छेहरूले आफूलाई सर्वेसर्वा ठाने तर प्रकृतिलाई किञ्चित पनि मानेनन् । अनि त वनजङ्गल विनाश गरेर भए पनि सहर–बजारहरू बसाल्ने, पहाड–पर्वतहरू उजाडेर धातु र कोइलाहरू निकाल्ने, समुद्रको पिँधमुनि गएर भए पनि पेट्रोलियम र ग्यासहरू थुत्ने, हिमालको बाटोभरि फोहोर थुपार्दै तोरण (छुर्गेन, लुङ्दार) हरू टाँग्दै शिखर उक्लने, वन्यजन्तु, पक्षी एवं जलचरहरूको सिकार गर्ने, खोला र नदी किनारका वनजङ्गल फाँडेर खेतीपाती गर्ने जस्ता प्रकृति प्रतिकूल क्रियाकलापहरूले तीव्रता लिइरहेका छन् । अझ हुँदा नहुँदाका कर्महरू गरेर आर्जन गरेको धनले मनलाग्दी लत्ताकपडा, फर्निचर, घरभवन, गरगहना, गाडीवाहन, रेफिजेरेटर, कुलर, जुत्ताचप्पल लगायत अनेक प्रकृति विरोधी वस्तुहरू थुपार्ने, फेर्दै जाने र जति महँगो भयो उति उसको प्रतिष्ठा बढ्ने, मूल्यमान्यता स्थापित हुने सामन्तवादी संस्कृति बन्यो । यी सम्पूर्ण कुरा प्रकृतिका लागि घातक छन् । जलमण्डल, भूमण्डल र वायुमण्डलमा भीषण आक्रमण गरी तिनमा असन्तुलन ल्याएर आफ्नै अस्तित्वमाथि प्रश्नचिह्न लगाएको छ वर्तमान मानव समाज र सभ्यताले ।
त्यो कसरी ?
हाम्रो वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत कार्बन डाइअक्साइड, ओजोन, हैनान, फ्रेआनलगायत ग्यासहरू छन् । हरेक मान्छेले वायुमण्डलबाट २४ घण्टामा १६ लिटर अक्सिजन लिएर जीवित रहेको छ तर विश्वव्यापी ७ अरब ८० करोड जनसङ्ख्या भएको वर्तमान अवस्थामा गाडीवाहन, औद्योगिक उत्पादन, विकास निर्माण, शस्त्रास्त्रहरूको उत्पादन, लत्ताकपडा, कागज, गरगहना, फर्निचरदेखि सम्पूर्ण उपभोग्य वस्तुहरूका लागि इन्धनको प्रयोग प्रतिव्यक्ति प्रतिदिन २ लिटर राख्ता १५ अरब ६० करोड लिटर हुन आउँछ भने वार्षिक तथ्याङ्क ५६.९४ अरब क्विन्टल हुन्छ । अझ यो त न्यूनतम हो किनकि पेट्रोलियम पदार्थहरू ग्यासमा परिणत भएपछि तौल अधिक हुन्छ । युरोपको औद्योगिक क्रान्तिपछि गएको ३ सय वर्षमा हाम्रो वायुमण्डलले भीषण आक्रमण बेहोरिरहेछ र तिनको सन्तुलन गुम्दै गइरहेछ ।
पृथ्वीमा जैविक विविधको महŒवपूर्ण सृष्टिकर्ता वायुमण्डलको अस्तित्वमा धावा बोल्ने अरू पनि क्रियाकलाप छन् । डढेलोबाट हुने वनविनाश, घाँसपात, कागज, फोहोर आदि नष्ट गर्न जलाइने चलनले धूवाँको मुस्लो आकाशमा मिलाउने प्रवृत्तिहरू, ध्वंसात्मक बमगोलाहरू पड्काउने आदि सयौँ तथ्य छन् । यस्तो मानव समाज र सभ्यतालाई के भन्ने ?
जलमण्डलमा पनि मानव समाजबाट भीषण आक्रमण भइरहेछ । टाढा जानै पर्दैन, नेपालको राजधानी काठमाडौँका बाग्मती र विष्णुमतीको मूल स्रोत क्रमशः सुन्दरीजल र शिवपुरी जङ्गलको घाँचमा अझै पनि सिधै पानी पिउन सकिन्छ । तर, ती नदीहरू जति मावन बस्तीनजिक आउँछन्, त्यति प्रदूषणको बाढी मिलाइन्छ । भनौँ, मलमूत्र, औद्योगिक रसायन र अरू थुप्रै मानवीय क्रियाकलापका ढलनालीहरू मिसिएर स्वच्छ पानी विषाक्त तुल्याइन्छन् । क्रमशः पशुपति र बालाजुको पुल आइपुग्दा दुवै नदीको पानी यति दूषित बन्छ कि एक गिलास पिउने हो भने मान्छे त्यहीँ ढल्नेछ ।
यसरी मान्छे हेर्दा सफा र घरआँगन पनि सफासुग्घर देखिन्छ । मीठो बोल्छन्, सुरिलो भाषामा गीत, कविता र कथा रचना गर्छन् र बेजोडको सङ्गीत र स्वरले मान्छेहरू अद्भूत देखिन्छन् तर प्रकृतिका लागि उनीहरूका क्रियाकलाप र दैनिकीहरू ज्यादै खतरनाक हुन्छन्, जो पहिला प्रकृति नाश गर्छन्, अनि पछि त्यो आफैंतिर सोझिन्छ । यो प्रवृत्ति विश्वका अन्य देशमा मात्र होइन, नेपालमा अझ धेरै छ ।
२५ वर्षअघि नै विकसित भनिएका अमेरिकीहरू प्रत्येकले प्रतिवर्ष ३ टन रासायनिक पदार्थ समुद्र र नदीमा मिसाउँथे । आज कति पुगेको होला, कल्पना पनि गर्न गाह्रो छ । त्यसका आधारमा सहर र गाउँमा बस्ने प्रतिनेपालीले प्रतिवर्ष न्यूनतम ३ क्विन्टल रसायन र सहरमा बस्नेहरूले थप ३ सय ६५ केजी मलमूत्रहरू पनि खोला र नदीमा मिसाइरहेको स्पष्ट भन्न सकिन्छ । विश्वव्यापी यो तथ्याङ्क कति होला ? कपडा, कागज, पुस्तक, जुत्ता, पेटी लगायत सम्पूर्ण दैनिक उपभोग्य वस्तुहरू निर्माणमा ठूलो मात्रामा रसायन, पानी, इन्धन र रङ्गहरू प्रयोगमा आउँछन्, जसले जल, जमिन र आकाशमा अत्यधिक प्रदूषण फैलाउँछन् । त्यति मात्र होइन, २५ वर्षअघि नै विश्वका ९ करोड मान्छे समुद्री जलचर र झारपात सङ्कलन गर्ने पेसा अपनाउँथे । त्यसले समुद्रको इकोसिस्टम (खाद्यचक्र) मा गम्भीर आघात पार्छ । आज संसारभरि प्लास्टिक प्रयोगको बढोत्तरी भएको छ । पानी पिउने बोतल, कोक, पेप्सीका बोटल र अरु थुप्रै प्रकारका प्लास्टिकहरूको बाढी खोलाखोल्सी र नदीहरू हुँदै समुद्रमा पुग्छ । त्यस्ता वस्तुहरू समुद्रमा यति धेरै थुप्रिएका छन् कि एकै ठाउँमा भेला हुने हो भने ब्रिटेनजस्ता तीनवटा टापु बन्न पर्याप्त रहेको बताउँछन् पर्यावरण विद्हरू । अक्सिजनका ठूला स्रोत हन् समुद्र, नदी, ताल र खोलाहरू तर नरभक्षी बाघ भनेझैँ प्रकृति भक्षी र धर्तीभक्षी छन् मानवीय क्रियाकलापहरू ।
अब भूमण्डलबारे थोरै चर्चा थपौँ । झन्डै ७ अरब ८० करोड जनसङ्ख्या भएको पृथ्वीमा उनीहरूलाई खाद्यान्न आपूर्तिका लागि ९० प्रतिशतभन्दा अधिक जमिनमा रासायनिक मल, विषादी र रासायनिक हार्मोनहरू प्रयोग गरिन्छ । यसले माटोको प्राकृतिक संरचना (नाइट्रोजन, फोस्फरस, पोटास, कार्बनलगायत १६ तŒवहरू) नष्ट गरेर भविष्य अन्धकार बन्दै छ । किनभने त्यस्तो जमिनमा ६९ बालीभन्दा अरु उब्जदैन भनेर युरोपेली, अमेरिकी वैज्ञानिकहरूले नै घोषणा गरिसके । यो भनेको २५ वर्षभन्दा अधिक होइन, अनि हाल उत्पादन भइरहेको खाद्यान्न पनि कार्बोनेट र अग्र्यानोफोस्फेट विषले भरिएर मान्छेलाई १ सय ५० भन्दा अधिक रोगहरूले ग्रस्त पारिरहेछ । सन २०१९ को अन्ततिर दक्षिण अमेरिकाको अमेजन नदी किनार र २०२० को सुरुमा अस्ट्रेलियाको जङ्गलमा भीषण डढेलोले पृथ्वीको करोडौँ हेक्टरको जङ्गल र पचासौँ करोड जीवजन्तु, पशुपक्षी खरानी बने । वास्तवमा त्यस्तो प्रकृति विनाश भइरहँदा त्यसलाई निभाउनु विश्वका सम्पूर्ण जनताको साझा सरोकारको सवाल हो तर सबैतिरको राष्ट्रवादको पर्खालले त्यसो हुन सकेन । यी सबै कुराले भूमण्डलको सन्तुलित वातावरण तीव्र गतिले असन्तुलित तुल्याउन भूमिका खेलिरहेछ ।
यसरी वर्तमान मानव समाव र सभ्यताका सबै मूल्यमान्यता प्रकृति प्रतिकूलको हुनाले वायुमण्डल, जलमण्डल र भूमण्डल नष्ट गर्नेतिर बढिरहेछन् । त्यसैको परिणाम यहाँ हरित गृह प्रभाव, पराबैजनी किरणको खतरा र अम्लीय वर्षाको सम्भावना बढ्दैछ । त्यति मात्र होइन, केही राष्ट्र आफूलाई सर्वोपरि मान्दै विश्व नै विनाश गर्ने आणविक शस्त्रास्त्रको आड लिएर एकले अर्कोलाई चुनौती, चेतावनी र धम्की दिएका ठोस प्रमाण छन् हजारौँ हजार । के यिनैको विश्वास र भरमा संसार छाडिदिने ? आज प्राकृतिक र राजनीतिक दुवै दृष्टिले पृथ्वीको जैविक विविधता, मानव समाज र सभ्यताको अस्तित्वमाथि प्रश्नचिह्न लागिरहेछ ।
त्यसैले यसको रोकथामका लागि अब तुरुन्तै विश्वभरका मानव जातिले यहाँका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय संरचनामा आमूल परिर्वतन गरी सम्पूर्ण व्यवस्थाहरू प्रकृति संसरक्षण अथवा जलमण्डल, भूमण्डल र वायुमण्डलाई सर्वोपरि मानी स्थापना गर्नुपर्छ । यसका लागि कुनै पनि पर्खालहरू भत्काउन हिम्मत गर्नुपर्छ । मानव जाति अन्तर्राष्ट्रिय नै हुनुपर्छ र सम्पूर्ण राष्ट्रहरू, तिनका सिमानाहरू सङ्ग्रहालयमा मात्र राखिनुपर्छ । यो अवस्य हुन्छ, तर कहिले हुन्छ ? त्यो भने विश्वका आमजनताको चेतना, सक्रियता र जागरुकतामा भर पर्नेछ । आज संसारभरि महिला र युवाहरू आआफ्नो राष्ट्रका भ्रष्ट शासकहरूविरुद्ध छटपटाइरहेछन् । मजदुर र किसानहरू पनि परिवर्तन चाहिरहेछन् । लेबनान, चिली, मेक्सिकोका आन्दोलनहरू त्यसका उदाहरण हुन । अब यस्ता सबै खाले आन्दोलन र सङ्षर्घलाई पर्यावरण संरक्षण अभियानसँग जोडेर अघि बढाउनुपर्छ ।
गत डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) पनि ‘समुद्री जीवित जीवको मासुबाट भएको’ भन्ने भनाइ आइरहेछ । वास्तवमा उक्त जीवमा कोरोना भाइरस कसरी उत्पत्ति भयो ? निश्चय नै यसको कारण जलमण्डल अथवा समुद्र प्रदूषण हो, जसको कारक मानव जाति नै हो, चीनको मात्र होइन, संसारभरिकै हो ।
आगामी दिनहरूमा स्वच्छ र स्वस्थ वातावरणका लागि मानव समाज र सभ्यताले पृथ्वीको जलमण्डल, भूमण्डल र वायुमण्डललाई स्वस्थ र सन्तुलित तुल्याउने मार्गमा लागे अवश्य नै स्वस्थ, सुख, शान्तिको जीवन जिउन सम्भव होला । अन्यथा, भौतिक विकास र वृद्धिका लागि मात्र वर्तमानझैँ आँखा चिम्लिए कोरोना भाइरसभन्दा हजारौँ गुणा शक्तिशाली भाइरस व्युत्पत्ति भएर यो चहलपहलको मानव समाज र सभ्यतालाई नष्ट पारिदिन सक्छ प्रकृति महामाताले ।

सुदर्शन प्रधान

प्रतिक्रिया दिनुहोस्