नेपाल लाइफ २० औं वर्षमा प्रवेश «

नेपाल लाइफ २० औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित, सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
२० औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरूको आप्mनो तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँबराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको भन्दै कम्पनीले उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरूमा रहेका अनाथ, महिला तथा वृद्ध–वृद्धालाई राहत प्रदान गरेको जनाएको छ । जसअन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ मा १ लाख २१ हजार रुपैयाँ रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न, अत्यावश्य वस्तुहरू, लत्ताकपडा, पानी ट्यांकी, पंखा, इन्भटरलगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथा श्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरू प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ करोड रुपैयाँ योगदान गरिसकेको छ ।
२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बिमा समिति, बिमित, सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायलगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरूलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गर्दै हाल कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आपूm, आप्mनो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्