Logo

पूर्वतयारी नहुँदा निर्माण सामग्री अभाव

लकडाउनपछि यात्रु ट्राफिक जाममा बस्नु नपरोस्

धादिङ-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न माध्यमिक शिक्षा परीक्षा दिन चैत ६ गते परीक्षा केन्द्र पुगेका परीक्षार्थीको परीक्षा रोकेपछि काठमाडौंबाट बाहिरिनेको संख्या १० लाखको हाराहारी अनुमान गरिएको छ । तीमध्ये ८० प्रतिशत मानिस नागढुंगा सडक भएर बाहिरिएको अनुमान छ । लकडाउन खुलेपछि ति मानिस पुनः काठमाडौ फर्कने छन् । त्यतिबेलासम्म नौबिसे नागढुंगा सडक खण्ड मर्मत कार्य सम्पन्न गरिसके उनीहरू नागढुंगा उकालोमा ट्राफिक जाममा बस्नु पर्ने अवस्था आउने थिएन ।
कोभिड–१९ को संक्रमणबाट बच्न घरमै बन्दीजस्तै जीवन बिताएका उनीहरूलाई नागढुंगा उकालोको ट्राफिक जाम अत्यास लाग्ने नहोस् । कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारको चलाखिपूर्ण रणनीति र आदेश हुबहु पालन गरेर नेपालीले कोभिड–१९ लाई जितेको उपलक्ष्यमा जयजयकार गाँउदै काठमाडौँ फर्केकाले नौबिसे नागढुंगामा जाम परेर सरकारलाई गाली गर्ने अवस्था र्सिजना नगर्न सरोकारवाला निकायले समयमै ध्यान दिन ढिला नगरुन ।
मुलुक लकडाउनमा बस्दा काठमाडौंको मुख्य नाका नौबिसे नागढुंगा सडक खण्ड प्रायः सुनसान छ । मुलुककै अतिव्यस्त नाकाको सडक मर्मत तथा सुधार गर्ने उपयुक्त समय लकडाउन अवधि भए पनि पूर्वतयारी नहँुदा निर्माण सामग्री अभाव भएको छ । गत चैत २ गतेमात्र ठेक्कासम्बन्धी सम्झौता भएकोले निर्माण सामग्री जुटाउन नसकिएको प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रोपाइटर ध्रुव रिजालले बताए ।
लकडाउन सडक मर्मत तथा सुधार गर्ने कामका लागि समय हो तर लकडाउन हुन एक साताअघि मात्र सम्झौता गरेकाले सामग्री जुटाउन तयारी गर्दै गर्दा लकडाउन भइहाल्यो । लकडाउनको केही दिनपछि त्रिभुवराज पथको नौबिसे नागढुंगा सकड खण्डअन्तर्गत मोड कटिङको काम ग-यांै । अहिले कटिङ गरेको ठाँउमा मसेनरीवाल लगाउने काम पनि सुरु गरेको रिजालले बताए । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित बस्नु नै महत्वपूर्ण अवस्थामा मजदुर अभाव हुनु स्वाभाविक हो । तर पनि घर फर्कन नभ्याएकासँग सम्पर्क गरेर केही मजदुर राखेर काम गरिरहेका छौं । कटिङ गर्ने कामका लागि लकडाउन उपयुक्त समय बन्यो । लकडाउनको समयलाई उपयोग ग-यौं । तर अव मेसेनरीवाल लगाउन गिट्टी, बालुवा, ढुंगा, सिमेन्ट अभाव छ । हामीले मात्र गाडीको पास लिएर भएन, बिक्री गर्ने उद्योगले पनि बिक्री गर्न पास पाउनु प-यो । त्यस कारण लकडाउनको समय सडक मर्मतको उपयुक्त समय हुदाँहुदै पनि भरपुर उपयोग गर्न सकेनौ । लकडाउन खुलेपछि काम गर्न कठिन हुन्छ र अहिलेको भन्दा समय र खर्च बढ्ने रिजालले बताए । पाँच वटा मोड कटिङ गरिसकेका छौं अब तीनवटा मोड कटिङ गर्नुपर्छ होला । कटिङ गरेको ठाँउमा ड्रेन, मेसेनरीवाल र कालो पत्र मर्मत सुधार गर्नु पर्नेछ । निर्माण अवधि भदौ मसान्त भए पनि निर्माण सामग्री पाए असार मसान्तमा काम सम्पन्न गर्ने रिजालले बताए । कालोपत्रे गर्न दक्ष मजदुर आवश्यक हुन्छ । अहिले अर्को जिल्लाबाट मानिस ल्याउन जोखिम हुने भएकाले अवस्था हेरेर केही दिनमा कालोपत्रे मर्मतको काम पनि सुरु हुने रिजालले बताए ।
शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनको संयुक्त साझेदारीमा मोड कटिङ, वाल लगाउन र कोलोपत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाख भएको सडक डिभिजन कार्यालय भरतपुर साइट अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले बताए । चैत्र पहिलो सातामात्र ठेक्का सम्झौता भएको हो । ठेक्का अवघि असोजसम्म रहेको भए पनि कालोपत्रे गर्ने काम असार मसान्तभित्र गरिसक्नु पर्नेछ, नत्र सम्झौताअनुसार भुक्तानी दिन नमिल्ने इन्जिनियर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्