नागढुंगामा गाडीको अनिर्वाय निःसंक्रमण

धादिङ- कोराना भाइरसको संक्रमण फैलन नदिन अति आवश्यकीय वाहेकका गाडी चलाउन रोक छ । ती अति आवश्यकीय गाडीलाई पनि शुक्रवारबाट नागढुंगामा अनिर्वाय निःसंक्रमण (डिस्इन्फेक्सन) गराएर मात्र राजधानी प्रवेश गराउने व्यवस्था मिलाएको छ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा निमार्ण गरेको टनेलको शुक्रवार चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन् ।
टनेल सञ्चालन जिम्मा नागढुंगाकै प्रहरीलााई दिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी र माथिल्लो भागमा भाइरस मार्ने औषधि छर्किइन्छ । प्रहरीले गाडीलाई निःसक्रमण गर्ने मात्रै नभएर सवारी चालक र गाडीमा सवार अन्य सवार मोवाईल नम्वर सहित न्युनतम व्यक्तिगत विवरण समेत लिने र थर्मल गन मार्फत सवारी साधनमा सवार सवैको तापक्रम नाप्ने गरिएको छ । राजधानी प्रवेश गर्ने सम्पूर्ण गाडीहरुलाई निःसक्रमण टनेलमा निःसंक्रमण गराएर कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाममा सहयोग पुग्ने ’नागढुंगाका प्रहरी निरीक्षक हेमन्त थापाले बताए । लवकडाउन अवधिमा दैनिक ३ सयको हाराहारीमा दैनिक उपभोग्य वस्तु गाडी (मालवाहक), सरकारी गाडी दैनिक एकको हाराहारीमा, एम्वुलेज्स र कमै मात्रमा नीजि सवारी साधन राजधानी प्रवेश गर्ने गरेको प्रहरी निरीक्षक थापाले वताए ।