लकडाउनको गन्तव्य बन्दै तुदी झरना

धादिङ– विश्वभर माहामारीका रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको गन्तव्यका बनिरहेको टुनी झरना । सरकारले लकडाउन अवधि थपेसंगै तुदी झरना गन्तव्य बनाउनको संख्या पनि थपिदै गएको स्थानीय रामशरण डल्लाकोटीले बताए । लकडाउन अघिसम्म खास चर्चामा नरहेको झरना अहिले स्थानीयसहित आसपासका मानिसहरुको समय कटाउने र मनोरन्जन लिने गन्तव्य बनेको छ । झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको नयाँ गन्तव्य हुने डल्लाकोटीले बताए ।
लकडाउनमा घरमा बस्दा दिक्क लागेर वैशाख ३ गते झरना पुगेर खेलेको फोटो पोष्ट गरेकी स्थानीय सुस्मिता पाण्डेले यसरी धेरै मानिसहरु आँउलान भन्ने नसोचेको बताइन । म त घरमा सुत्न अल्छि लागेर केही साथीहरुको लिएर गएको थिए । झरनामा आफुहरु सहित झरनाको फोटो फेसवुकमा पोष्ट गरेपछि धेरै साथीहरुले सोध्नु भयो । अहिले रहेक दिन एक सय जना भन्दा बढी मानिसहरुको समय बिताउने गन्व्य बनेकोे पाण्डेले बताइन । अहिले हेरे दिन मलेखु बजार हितका नजिकका बजारबाट पारिवारिक भ्रमण जाने गरेकाछन् । आफ पनि लकडाउनमा घर भित्र बस्दाबस्दा दिक्क लागेर परिवार सहित झरना पुगेको रामहरी थापाले बताए । बुधवार मात्र एक सय जना भन्दा बढी मानिस परिवारका सदस्यहरु सहित झरना पुगेका थिए । विहानको खाना घरमा खाएर तयारी खाजा लिएर जाने दिनभर झरनामा खेल्ने अनि वेलुका पख फर्के गरेकाछन । झरनाको आसपास भौतिक पूर्वाधार विकास र प्रचार प्रसार गरे गजुरी गाँउपालिकाको पर्यटन क्षेत्रमा नयाँ काम हुने थापाले बताए ।
गाँउपालिकामा हामी निर्वाचित भएदेखि नै तुदी झरना छलफलको विषय बनेको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना पनि छ । तर बजेट विनियोजन नभएकाले काम अघि बढ्को छैन । आगामी वजेटमा पक्कै प्राथमिकतामा राखेर विकास गरिने वडा सदस्य कौशिला सेढाईले बताई । नेपालकै प्रसिद्ध माछा बजार मलेखु पुलबाट १० किलो मिटरमा सझना पुग्न सकिने तुदी झरना गजुरी गाँउपालिका वडा नं. २ मा पर्छ । यो झरनाको संरक्षण, प्रर्वद्धा र प्रचारप्रसार गर्दा मलेखु माछा बजारलाई समेत सहयोग पुग्ने छ भने मलेखु माछा बजारका कारण पनि यो झरनाको पनि प्रचार प्रसार र पर्यटकको गन्तव्य बन्ने छ ।