लकडाउनको कारण ईट्टा मजदुरलाई रासनको अभाव

धादिङ– हिँउद भरी काम गरेर बर्खामा घरमा बसेर खाने सपना बोकेर ईट्टा भट्टामा काम गर्न आएका श्रमजीवीहरु अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेकाछन् । कोभिड १९ को संक्रमण फैलिन नदिन गत चैत्र ११ गतेबाट नेपाल पनि लकडाउनमा बसेपछि काम अनुसारको दाम पाउँने ईट्ट भट्टाका मजदुरहरु यतिवेला सवै भन्दा बढी संकटमा परेका छन् । एका तिर आफुले काम गरेको पैसा नपाउने हो कि भन्ने अर्को तर्फ विहान वेलुका के खाने भन्ने चित्ता संगसंगै छ ।
धादिङ जिल्ला सञ्चालित ईट्टा उद्योगमा काम गर्न देशका विभिन्न जिल्ला र भारतबाट करिव १४ हजार मजदुर आएका थिए । कार्तिकको अन्तिम साताबाट ईट्टा भट्टामा काम गर्न आएका मजदुरहरु कोरोना भाइरस संक्रमण फैलन नदिन गरेको लकडाउन अवधिमा धेरै नेपाली मजदुर घर फर्केको धादिङ ईट्टा उदोग व्यावसायी संघका अध्यक्ष निराजन रेग्मीले बताए ।
जिल्लामा रहेका ४३ ईट्टा उद्योग मध्ये यस वर्ष ३१ वटा सञ्चालनमा आएको थियो । ति उद्योगहरुमा करिव चार भारतीय र १० हजारको नेपाल मजदुरहरु रहेका थिए । जव देश लकडाउनमा बस्नु पर्ने बाध्यता देख प¥यो । अनि हामीले पनि नेपाली मजदुरहरुलाई घर फर्काउन थाल्यौ । वैशाख पहिलो हप्तासम्म करिव एक हजार पाँच सय भारतीय र सात हजार नेपाली मजदुर विभिन्न किसिमले घर पर्केकाछन् । २४ वटा ईट्टा उद्योगमा वैशाख ६ गतेसम्म एक हजार पाँच सय ९९ परिवार मजदुर रहेका छन् । नेपालीहरु दुई हजार नौ सय ८७ जना र दुई एक सय २३ गरी पाँच हजार एक सय १० मजदुरलाई यतिवेला खाद्यन्नको अभाव रहेको नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सदस्य एंव प्रविधि अनुसन्धान विभागका प्रमुख एकराज गजुरेलले बताए । सञ्चालनमा रहेका एभरेष्ट ईट्टा उद्योग प्रालि, श्री मण्डली माई ईट्टा उद्योग प्रालि, राजधानी ईट्टा उद्योग प्रालि, नृवेश्वर ईट्टा प्रालि सहितका उद्योगी व्यवसायीले संघमा मजदुरको विवरण बुझाएका छैनन् ।
लकडाउनको कारण देखाउदै ईट्टा भट्टा मालिक धेरे दिनदेखि सम्र्पकमा नआएका कारण खानेकुरा अभाव भएको सैठु गणेश ईट्टा उद्योग धुनिवेशी नगरपालिका ९ कानाकोटामा काम गर्ने भारतीय मजदुरहरले बताए । १५ दिन अघि एक परिवारलाई पाँच केजीको हिसावले रासन पाएको त्यसपछि केही नदिएकाले आफुहरु कंटकर जीवन विताएको मजदुरहरु नगरपालिकाका मेयर वालकृष्ण आचार्यलाई गुनासो गरे । ईट्टा भट्टमा काम गर्ने मजदुरहरुको अवस्था बुझ्न अनुगमनमा गएका मेयर आचार्यले मजदुरहरुको माझबाटै संठु गणेश ईट्टा उद्योगका संजय सिं मर्हजनलाई फोन गरेर किन रासन नदिएको भनेर सोधे । जवाफमा महर्जनले रासन दिएको र फेरी पनि दिन तयारी हरेको बताए । नगरपालिकाको स्थायी वासिन्दा ३६ हजार मात्र हो । नगरपालिका भित्रका ईट्टा उद्योगमा १२ हजारको हाराहारीमा मजदुर छन् । मजदुरहरुको रेखदेख, हेरचाह, रासन पानीको व्यवस्थापन गर्ने जिम्मा उद्योगीले लिनु पर्छ । सफ्ठ्यारोमा काम लिन अफ्ठ्यारोमा उद्योगी भाग्न पाँउदैन हामीले ईट्टा उद्योगीलाई त्यही भनेका छौ र अनुगमन गरिरहेका मेयर आचार्यले बताए । पाँचवटा ईट्टा उद्योगका साहुहरु अलि अटेर गरिरहेका छन् हामी पनि निरन्तर अनुगमन गरिहेकाछौ उपमेयर निर खरेलले बताई ।
ईट्टा पर्नेहरुले प्रति हजार ईट्टाको उक हजार पाँच सय रुपयाँ, ईट्टा बोक्नेहरुले दुरी हरी प्रति हजार तीन सय पचास देखि सात समयसम्म, खच्चडले दुरी हेरी पाँच सय देखि एक हजारसम्म, भट्टाबाट ईट्टा निकालेको प्रति हजार दुई सय असी र गाडीमा दुवानी लोड गरेको प्रति हजार एक सय पच्चीस मजदुरहरुले पाँउछन् । यस वाहेक मजदुरहरुले केही पाँउदैनन् । भट्टामा ईट्टा पोल्लनेहरुको हकमा भने केही फरक छ । उनीहरले प्रति महिना भारतीय रुपयाँ १२ हजार र प्रति हप्ता नेपाली पाँच सय खर्च पाँउछन् । उनीहरलाई चाडपर्व विदेश खर्चपानीको व्यवस्था एदोगले गर्छ । एक भट्टा अर्थात एक फेरो ईट्टा पोलेको एक लाख रुपयाँ बोनस पाउने गजुरेल बताए । अहिले उद्योगीहरु पनि समस्यामा छन् । कोइला अभावमा पोल्न करिव १० करोड काँचो ईट्टा बाँकी छ । पालेका ईट्टा पनि एक महिना देखि बिक्री भएको छैन । बैंकको ब्याज तिर्न उस्तै समयस्या छ । अहिले सवै भन्दा ठुलो समसया मजदुर घर पठाउने समस्या छ । नेपाीहरु भन्दा पनि भारतीय मजदुर पठाउन समस्या भएको छ । भारतीय राजदुतावासमा सम्पर्क गर्दा भारतीय मजदुरहरलाइृ राहत सहयोग दिनेकुरा भएको थिया । तर पछिल्लो समय फोन रिसिप नगरेको गजुरेलले बताए ।
आफ्नै कमाईबाट रासन पानी खादै आएका मजदुरहरुलाई लगातारको वर्षाले बस्न पनि समस्या भएको छ । उद्योगमा खास काम नभएकाले दिनभर उनीहर सुतेर वा गफ गरेर दिन बिताँउछन् । हिँउदमा पनि पानी परेका कारण यस वर्ष धेरै काम नचलेको उनीहरले बताए । लामो समयको लकडाउनले काम पनि छैन । लकडाउनको अवधिमा खानको समस्या छ । जे जति रासन मिलेको छ । लकडाउनमा खाएको रासनको पैसा मालिकले काटे घर के लाने मजदुरलाई चिन्ता छ ।
अधिकांश उद्योगमा काँचो ईट्टा ढुवानीका लागि पश्चिम नेपालबाट ल्याइएका खच्चड अहिले बेकामी भएकाछन् । उनीहरुलाई उपयुक्त चर पनि छैन । ईट्टा पार्न खारेको माटोमा झार आएको छैन । अरुको वारीमा चराउन पाइदैन । खच्चडलाई बताउन मुस्किल भएको नेपालगञ्जका हसिफ खानले बताए । जिल्लाभर सञ्चालनमा रहेका १९ वटा ईट्टा उद्योगमा चार सय ५३ वटा खच्चड छन् । ती ईट्टा उद्योगका खच्चड र खच्चड मालिकहरुलाई लकडाउन अवधिमा एनिमल नेपालले खाद्यन्न सहयोग गरेको डाक्टर अतिस कुमार यादवले बताए । खच्चडका लागि चना, ढुटो र मानिसको लागि चामल, दाल, नून, तेल सहितका दैनिक उपभोग्य सामागी उद्योग सम्म गएर विवतरण गरेका डाक्टर यादवले बताए । अव केही हप्ता भित्र घर नफर्काए चरण र दानाको अभावमा खच्चड रोगाउन सक्ने बताए ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक विधि तथा प्रविधि अपनाएर ईट्टा भट्टामा काम ल्याइएका खच्चड र मजदुरहरुलाई घर फकाउन आवश्यक देखिन्छ । यदि घर नफर्काउने हो भने उनीहरका लागि आवश्यक रासन पानीको व्यवस्था मिलाउन सम्वन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।