पुवाखोलमा पुल निर्माण «

पुवाखोलमा पुल निर्माण

मेची राजमार्गअन्तर्गत इलाम पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको छ ।
इलाम सडक डिभिजन कार्यालय इलाममार्फत निर्माणाधीन पुल पूर्वीक्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पूर्वी पहाडी जिल्लालाई तराई जोड्न पुलको काम गरिरहेको छ । यो पुलले इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्मका स्थानीयलाई सहज हुनेछ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रूपमा बजारसम्म लैजान मद्दत गरेको छ । यस राजमार्गमा पर्ने धेरै स्थानमा पुराना पुल जीर्ण भएका छन् । यहाँ भएको पुल पुरानो भएकाले नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इन्जिनियर ध्रुवकुमार झाले जानकारी दिए । निर्माणाधीन पुल (प्रिस्ट्रस कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इन्जिनियर झाले बताए । “अब सवबेस र पेन्टिङको मात्र काम बाँकी छ,” झाले भने ।
उतm पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार २९५ रुपैयाँको लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रक्सनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको ३ वर्षमा सक्नुपर्ने भए पनि नयाँ प्रविधि भएकाले सामग्री अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ । उतm पुलको लम्बाइ ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रविधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्