दुई दिनको धर्नापछि विपन्नले पाउन थाले राहत

पोखरामा लगातार दुई दिनसम्म वडा कार्यालय र महानगरमा घेराउ तथा धर्ना दिएका पोखराका केही मजदुरहरुले मंगलबारदेखि राहत पाउन थालेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित कृष्णटोल, शिवटोल लगायतका मजदुरहरुलाई मंगलबारदेखि राहत वितरण गर्न सुरु गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताए ।
उनले भने, “हामीले सवै टोलमा कति घरलाई तत्काल राहत आवश्यक हो, त्यसको बारेमा सम्बन्धित टोल विकास संस्था र वडा सदस्यको सिफारिस तथा आवेदन परेको आधारमा राहत दिने गरेका छौं । कृष्णटोलको हकमा भने वडा सदस्य नन्दराम गिरीको समन्वयमा केही घर परिवारलाई मंगलबार नै राहत वितरण गरेका छौं ।”
बाँकी घर धुरीलाई पुनः केही दिन पछि राहत उपलब्ध गराउने भएको अध्यक्ष लामिछानेले बताए । मंगलबार कृष्णटोल, गणतन्त्रटोल, शिव टोल सहितको क्षेत्रमा एक सय घर परिवारमा आधा प्याकेज बराबरको खाद्य सामाग्रिको राहत वितरण गरिएको पोखरा ९ का वडा सचिव लोकदर्शन कोइरालाले बताए ।
उनले भने, “हामीले महानगरबाट प्राप्त राहत पहिलो चरणमा वितरण गरिसकेकोले अब राहत दिने विभिन्न संघ संस्था तथा दाताको खोजिमा छौं, दाताको खोज्दै राहत उपलब्ध गराउछौं ।” अति आवश्यक र चुल्हो नै बल्न छाडेकाहरुको लागि भने आफुहरुले राहत उपलब्ध गराउने भएको उनले जनाए ।
कृष्णटोलमा मात्र करिब १ सय ९४ केही पहिलाको घर धुरीको तथयाङ भए भए पनि हाल उनीहरुको परिवार छुट्टिएको, केही भाडामा बसेका हुनले हाल करिब ३ सय घरमा चुल्हो बल्ने अबस्था रहेको कृष्ण टोल आमा समुहका अध्यक्ष रुपा केसीले बताइन्.। पहिलो चरणमा ५१, मंगलबार ३५ घरमा मात्र कृष्णटोलमा राहत वितरण भएकोले अपुग राहत आफुहरुले वडामा माग गरेको उनले जनाइन् ।
पोखराको सहारा प्राबिबाट मंगलबार कृष्णटोल निवासिहरुको लागि लकडाउनको उल्लंघन हुने गरी कोरोना भाइरसबाट बच्न र बचाउन कायम गर्नुपर्ने सामाजिक दुरी उलंघन गरी मास्क नलगाई राहत वितरण भएको थियो । बच्चा सहित सुत्केरी, अपाङग, बृद्धबृद्धा लगायतका मजदुर तथा विपन्न बर्गका व्यक्तिहरुले राहत माग्दै आइतबार पोखरा ९ को वडा कार्यालय र सोमबार पुनः वडा हुदै पोखरा महानगरपालिका कार्यालयमा घेराउ तथा धर्ना दिएका थिए ।
दुई महिनाकी सुत्केरी हरिमाया विकको परिवारलाई मंगलबार निर्माण व्यावसायी समिति कास्कीले राहत हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष नारायण गुरुङ, सचिव शिव खड्का सहितको टोलीले १५ केजीको चामल, २ केजी केराउ, एक पोका नुन, एक लिटर तेल, एक केजी मस्यौराको साथमा एक हजार नगद समेत विकका श्रीमान विरबहादुर विकलाई हस्तान्तरण गरेका हुन् । समितिले निर्माण क्षेत्रमा काम गर्ने करिब एक हजार ५ सय मजदुर तथा पोखरा ३१ बेगनासमा २५ घर परिवारलाई फुल प्याकेजको राहत सामाग्रि प्रदान गरेको थियो ।
कृष्ण टोल आमा समूहका अध्यक्ष रुपा केसीका अनुसार कृष्णटोलमा मात्र करिब १ सय ९४ केही पहिलाको घर धुरीको तथयाङ्क भए भए पनि हाल उनीहरुको परिवार छुट्टिएको, केही भाडामा बसेका हुनले हाल ३ सय घरमा चुल्हो बल्ने भएको बताइन् । पहिलो चरणमा ५१, मंगलबार ३५ घरमा मात्र कृष्णटोलमा राहत वितरण भएकोले अपुग राहत आफूहरुले वडामा माग गरेको उनले जनाइन् ।
यसैबिच पोखरा ९ बस्दै आएकी दुई महिनाकी सुत्केरी सिता परिवारलाई जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख सन्तोस रोकाको सहयोगमा काठमाडौं पठाइएको छ । उनीहरु सोमबार नै काठमाडौं जान भनि यात्रा तय गरे पनि सवारी साधन नपाएपछि मंगलबार प्रविन केसीको सहयोगमा उनकै बसमा निःशुल्क रुपमा काठमाडौं पुगेकी हुन्।