गजुरी गाँउपालिकाको फुड बैंक प्रभावकारी बन्दै

धादिङ- गजुरी गाँउपालिकाले आर्थिक तथा सामाजिक समानता, भोकमरीमुक्त गाँउपालिका परिकल्पना गर्दै खाद्य तथा पोषण सुरक्षा योजना निमार्ण गरेको छ । खाद्य तथा पोषण सुरक्षा योजनाले सामुदायिक अन्न भण्डारण तथा फुड बैक परिकल्पाना गरेको छ । गजुरी गाँउपालिकाले गत चैत्र २० गते फुड बैंक स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न गरिएको लकडाउनबाट र्सिजित खाद्य संकट टार्नमात्र नभई दिर्घकालिन सोचका साथ फुड बैंक स्थापना गरिएको गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।
फुड बैंक स्थापना गरेसंगै सहयोगी मनहरुले गाँँउपालिकामा सम्पर्क गरेर खाद्यन्न तथा नगर जम्मा गरिरहनु भएको छ । अन्य गाँउपालिका तथा नगरपालिकाहरुबाट फुड बैंकको अवधारणको बारेमा जानकारी लिइरहेका छन् । फुड बैकं प्रभावकारी बन्गदै एको दावी गर्दै आगामी दिनमा हुदाँ खाने र हुने खाने दुवै वर्गलाई यस बैकमा जोड्ने गरी नीति तथा कार्यक्रम समावेश गरी कसैलाई पनि खाद्य अधिकारबाट बञ्चित हुन वा जो कोहीलाई खाद्यन्नबाट एक छाक पनि विमुख बस्नु पर्ने अवस्था आँउन नदिने अध्यक्ष बस्नेतले बताए ।
अहिले पनि गाँउघरमा अैचोपैचो प्रथा कायम छ । हुनेले नहुनेलाई दिने चलन अझ विद्यमान छ । त्यसकै विकशित रुप फुड बैंक हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिन बजेटको व्यवस्था गर्ने गाँउपाकिला उपाध्यक्ष सीता ढुंगानाले बताइन । हरेक नागरिकले संविधानले किटान गरेको खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुता उपभोग गर्न पाउने गरी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ मर्म अनुसार दिगो व्यवस्थापनका लागि फुड बैंक स्थापना, सञ्चालन तथा वितरण कार्यविधि निमार्ण गरेर सञ्चालन गर्ने उपाध्यक्ष दुंगानाले बताइन । गाँउपालिकामा ७९६ परिवार छ महिना भन्दा कम खान पुग्ने तथ्यांक छ । उनीहरुसहित वर्षभरी खान नपुग्नेलाई वर्षभरी खान पुग्ने बनाउने गरी कार्यक्रम तथा बजेट निमार्ण गरिने उपाध्यक्ष दुंगानाले बताइन ।
फुड बैंकमा विभन्न ५१ जना व्यक्ति तथा संस्थाबाट चामल १४ हजार एक सय ७१ केजी, दाल एक हजार एक सय ६० केजी, खानीतेल पाँच सय ३७ लिटर, नून छ सय ३३ केजी, भुजिया ४० केजी, अण्डा ३५ क्रेट, सीमी एक हजार केजी, चिउरा ४० केजी, आलु ५० केजी, सावुन छ सय ८३ वटा र वन्दा ८५ केजी सहयोग जम्मा भएको छ । यसैगरी गाँउपालिकाले चामल ३० हजार केजी, दाल दुई हजार पाँच सय केजी, तेल एक हजार पाँच सय केजी, नुन एक हजार केजी र सावुन एक हजार वटा खरिद गरेको छ । गाँउपालिकाका ४३ जना जनप्रतिनिधिहरुको उक महिनाको पारिश्रमिक नगदमा फुड बैंकमा दाखिला गर्ने निर्णय यस अघि गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंक गजुरीमा रहेको खाता नम्वर १०५०३०२०७६७०२ मा नगद सहयोग गर्न सक्ने गरी गाँउपालिकामा कार्यरत कर्मचारी तथा शिक्षक, देश तथा विदेशमा रहेका आम नागरिक, सहकारी तथा वित्तिय संस्था, गैरसरकारी, उद्योगी, व्यापारी, व्यावसायीहरुलाई सार्वजानिक अपिल गरेको छ ।
गजुरी गाँउपालिकाले स्थापना गरेको फुड बैंकको अनुसरण हरेक स्थानीय तहले गरी फुड बैंक स्थापना तथा सञ्चालन गरे भविष्यमा हुन सक्ने खाद्य संकट तथा भोकमरीको स्थानीय स्तरबाटै सामना गर्न सकिने सरोकारवालाहरु बताँउछन् ।