सुजुकीको ‘एडिक्सन सेलेरियो एक्स’ बजारमा «

सुजुकीको ‘एडिक्सन सेलेरियो एक्स’ बजारमा

नेपालका लागि सुजुकी फोर ह्विलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले स्पोर्टी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ । सिलेरियो एक्स स्पोर्टस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थिममा आधारित ग्राफिक्स्, गाडीको दायाँबायाँ भाग, पछाडिको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको दाबी कम्पनीले गरेको छ ।
ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एन्ड इन्टेरियरमा लगाएको चमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो । सेलेरियोले आफुलाई पूर्ण फेमिली कारको रुपमा नेपालीबजारमा स्थापित गरेको छ । सेलेरियो एक्ससँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहनाअनुरूप अझ स्टाइलिस अनि स्पोर्टी बनाउँदै लग्ने लक्ष्य राखेको छ ।
सेलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिकाओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् । सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ स्पोर्टी देखिन्छ । सेलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र एन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ गायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ । शक्तिशाली के नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरिएको छ । यो गाडी सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्