सनराइज बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण «

सनराइज बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

संसारभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सनराइज बैंकले धवलागिरि र पर्वत अस्पताललाई सहयोग गरेको छ । कोरोनाविरुद्धको लडाइमा सहयोग पु-याउन भन्दै बैंकले ती जिल्लाका अस्पतालमा विभिन्न स्वास्थ्य सामग्रीसहित २५ थान पीपीई हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गर्दै आएको छ ।
उक्त सामग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैकले हालसम्म देशभरका विभिन्न अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षाका उपकरणहरु हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि आफूले सहयोग गरेको स्वास्थ्य सामग्रीले केही सहयोग पुग्ने बैंकले विस्वास लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्