नाडामा चुनावी सरगर्मी सुरु «

नाडामा चुनावी सरगर्मी सुरु

सवारी व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष सम्भुप्रसाद दाहालले अध्यक्षको आकांक्षी रहेको बुझिएको छ । २ वर्से कार्याकालका लागि हुने नयाँ नेतृत्व चयनका लागि चैत २६ गते चुनाव हुने भएको छ ।
बुधबार बसेको नाडाको कार्यसमिति बैंठकले निर्वाचनको मिति तय गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलालले बताए । “कार्यसमितिले नयाँ नेतृत्व चयनका लागि चैत २६ गते अधिवेशन गर्ने गरी मिति तोकेको छ,” दुलालले भने, “अध्यक्षका आकाँक्षीहरू को–को हुन्छन् भन्ने चाहिँ चैत २१ गते थाहा हुने छ । उक्त दिन मनोनयन दर्ताको मिति हो ।”
नाडामा अध्यक्ष र कार्यसमिति सदस्यका लागि सबै मतदाताले मतदान गरी निर्वाचित गर्नेछन् । उपाध्यक्षलगायत पदाधिकारीको चयन कार्यसमिति भित्रबाटै निर्वाचन गरिने व्यवस्था रहेको महासचिव दुलालले जानकारी दिए । निर्वाचनबाट १ अध्यक्ष र १४ सदस्य चयन हुनेछन् । नाडाको केद्रीय कार्यसमिति २१ सदस्यिय हुने व्वस्था छ । ३ जना सदस्य कार्यासमितिले मनोनयन गर्छ भने १ निवर्तमान उपाध्यक्ष, २ जना जिल्ला उपाध्या रहेन व्यवस्था छ ।
नाडाका पूर्वमहासचिव गोपीकृष्ण न्यौपानेले पनि अध्यक्षको दाबी गरिरहेको बताइएको छ । यद्यपि अध्यक्षका आकांक्षीहरूले औपचारीक घोषणा भने गरिसकेका छैनन् । नाडामा ९ सय ६४ मतदाता छन् । यो वर्षमात्र ४ सय ४२ मतदाता थपिएका छन् । यो वर्ष अस्वाभाविक रूपमा नयाँ मतदाता थपिएकाले चुनावको परिणामबारे अधिकांश सदस्यहरूले अनविज्ञता प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्