लकडाउनमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा «

लकडाउनमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रका सुत्केरी, गर्भवति र प्रशव व्यथा लागेका महिलालाई लकडाउनको अवधीभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर रहेको सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा व्यवस्था गरिएको जनाएको छ । धनगढी उपमहानगरपालिका भित्रका तीन वटा प्रशुती गृह, सेती प्रादेशीक अस्पतालको प्रशुती गृहसम्म मात्रै निःशुल्क सेवाको ब्यबस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ । धनगढी बाहिर जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध नहुने उपप्रमुख सुशीला मिश्रभट्टले बताइन् ।
धनगढीभित्रका प्रसुति गृहसम्म पु-याउन निःशुल्क एम्बुलेन्स चौबिसै घण्टा दिने उनले बताइन् । ‘यसको अर्थ एम्बुलेन्सको शुल्क तिर्न सक्नेले पनि निःशुल्क पाउँछ भन्ने होइन,’ उनले भनिन्, ‘सुत्केरी, गर्भवती र प्रशव अवस्थामा अति शंवेदनशील अवस्था हो ।
त्यस कारण उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति बिपन्न र गरिव परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराइने छ ।
निःशुल्क सेवाका लागि से १ च १२१८ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा रहेकाले समस्यामा परेका र शुल्क तिर्न नसक्नेलाई नगरप्रमुख, उपप्रमुखको ब्यक्तिगत मोवाईल नम्बर वा एम्बुलेन्स चालकको मोबाइल नम्बर ९८६८५७२३७७ मा सम्पर्क गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्