बजाजको नयाँ शोरुम बर्दियाको गुलरियामा

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले बर्दियाको गुलरियामा नयाँ शोरुम स्थापना गरेको छ । उक्त नयाँ शोरुम बर्दिया अटो इन्टरनेस्नलले सञ्चालनमा ल्याएको हो । एचएच बजाज आफ्ना ग्राहकहरूका लागि उनीहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भुक्तान गर्नका लागि सधै प्रतिबद्ध छ । नयाँ शोरुमले ग्राहकहरूलाई मोटरसाइकलको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।
कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले बर्दियाका ग्राहकहरूको बढ्दो मागका कारण नयाँ शोरुम स्थापना गरेको बताए । नयाँ शोरुमको उद्घाटनसँगै सोरुमले ग्राहकहरूका लागि आकर्षक पुरस्कारहरू पनि प्रदान गरेको थियो ।