Logo

पोखरा महानगरमा राहत नपाएको भन्दै वडा कार्यालय घेराउ

पोखरा महानगरपालिकामा राहत नपाएको भन्दै केही मदजुरहरुले पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय घेराउ गरेका छन् । पोखराको कृष्णटोल, पार्वतीटोल, शान्तिनगर, महेन्द्रपुल, नयाँबजार लगायतका मजदुहरुले राहत माग्दै पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा घेराउ गरेका हुन् ।
केहीले राहत नपाएको त केहीले पहिलो चरणमा पाएको राहत सामग्रि सकिएसंगै आफूहरुको चुल्हो नै नबल्ने अबस्था आएकोले राहत माग्न वडा कार्यालय नै घेराउ गर्न आउनु परेको एक स्थानिय कृष्णटोल निवासि सन्त बहादुर भण्डारीले बताए । उनका अनुसार कृष्णटोलमा मात्र करिब १ सय ९४ जनालाई पहिलो चरणमा राहत वितरणको लागि फारम भरिएको भए पनि ५१ जनाले मात्र पाएका थिए ।
कृष्ण टोल विकास संस्थाका सदस्य समेत रहेका उनले भने, “केही ज्यालादारी मजदुरहरुले राहत पाएका छैनन्, केहीले दुई पटकसम्म पनि राहत पाएका छन् ।”
कृष्णटोलका बिरबहादुर विश्वकर्माले आफ्नी २ महिनाकी सुत्केरी श्रीमतीका लागि खानेकुरा केही नहुँदा वडामा केही राहत मिल्छ की भन्दै राहत माग्न आएका थिए । केही महिना अघि मात्र आमा, बाबु समेत गुमाएका विश्वकर्माको ५ जनाको परिवारमा हाल आफ्नो छिमेकीसंग माग्दै श्रीमतीलाई खाना खुवाउँदै आएको गुनासो गरे । राहत माग्न जादा नागरिकता मागेकोले आफूसंग नागरिकता नै नभएकोले गर्दा राहत पाउनबाट छुटेको उनको गुनासो छ ।
आफूहरुको घरमा खाद्य सामग्रि नभएको हुँदा राहत माग्न वडा कार्यालय घेराउन गर्न आएको कृष्णटोलका एक स्थानिय बुद्धिबहादुर बिकले बताए । गत चैत २७ गते महानगरले दिएको आधा प्याकेज राहत पाएको उक्त राहत ५ जना परिवारमा हिजोबाट चामल सहितको खाद्य बस्तु सकिएकोले राहत लिन वडा कार्यालयमा आएको उनले जनाए ।
आइतबार दिउँसो ठूलो सङख्यामा ज्यालादारी मजदुर, सुकुम्बासी, अपाङगता भएका सहित विपन्न परिवारका व्यक्तिहरु राहत माग्दै वडा कार्यालयमा धर्ना दिदै कार्यालय घेराउ गरे पछि उनीहरुलाई प्रहरीले व्यबस्थापन गर्न केही वेर हम्मे हम्मे भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ९ ले राहत दिने आश्वासनमा करिब एक सय ५० जनाले नाम टिपाएकाछन्।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले कसैले उकासेका कारण मजदुरहरु राहत माग्ने नाममा वडामा खनिएको बताए । पहिलो चरणमा पोखरा ९ मा ६ सय ८८ घर परिवारलाई राहत वितरण गरेकोले र छुटपुटलाई केही संघ संस्थाको समन्वयमा वितरण गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्