वीरगन्जका थप दुईजनामा कोरोना संक्रमण «

वीरगन्जका थप दुईजनामा कोरोना संक्रमण

वीरगन्जमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छप्कैयामा मस्जिदमा बस्दै आएका तीनजना भारतीय मुस्लीम धर्मगुरुहरुमा कोरोना संक्रमण फेला परेपछि त्यस आसपासका क्षेत्रलाई सिल गरेर ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटि) विधिबाट परीक्षण गरिएको थियो ।
त्यो परीक्षणमा सबै नेगेटिभ देखाएपनि पीसीआर विधिबाट परीक्षण गराउन प्रयोगशालामा पठाईएका मध्य दुईजनाको रिपोर्ट पोजेटिभ देखाएको हो । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।
यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए । सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो ।

आरडिटी पोजेटिभ देखिएकी क्यान्सर पीडित युवतीको मृत्यु
वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक वाटिकाकी २३ वर्षिया युवतीको आईतबार बिहान मृत्यु भएको हो । ब्लड क्यान्सर रोगले ग्रसीत ती युवतीको चितवन भरतपुरको क्यान्सर हस्पिटलमा उपचार हुदै आएको थियो । घरमै बसेकी उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो । शनिबार उपचारका लागि लगिएका उनलाई तराइ हस्पिटलका स्वाथ्यकर्मीले कोरोना संक्रमणको आशंकामा पहिलो आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि पुन दोश्रो पटक टेष्ट गर्दा पनि आरडिटी रिपोर्ट पोजेटिभ नै आएको थियो । तराई हस्पिटलमा लगातार दुइ पटकको आरडिटी टेष्ट रिपोर्ट पोजेटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो ।
तेश्रो पटकको आरडिटी टेष्ट रिपोर्ट पनि पोजेटिभ नै आएपछि युवतीलाइ आईतबार बिहान १ बजे तराइ हस्पिटलबाट एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । युवतीको शव नारायणी अस्पतालमै राखिएको छ ।
एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी ती युवतीलाइ शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । तर, मेडिकल कलेजले बेड खाली नभएको भन्दै फर्काएपछि युवतीलाइ एडभान्स मेडिकेयर हस्प्टिलमा लगिएको थियो ।
एडभान्स हस्पिटलले पनि आइसियु बेड खाली नभएको जवाफ पाएपछि अभिभावकले युवतीलाइ तराइ हस्पिटलमा पु¥याएका थिए । युवतीको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरेर पिसिआर परिक्षणको लागि हेटौडाको प्रयोगशालामा आईतबार बिहान पठाइएको मेसु उपाध्यायले जानकारी दिए ।
३ पटक लगातार आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आएपछि केश शंकास्पद देखिएकाले त्यहि यकिन गर्न स्वाब हेटौडा पठाएको भन्दै मेसु उपाध्यायले प्रयोगशालमा पुगेको २४ देखि ४८ घण्टा भित्रमा रिपोर्ट आइ पुग्ने बताए ।

कोरोनाका चारजना डिस्चार्ज
वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा राखिएका ५ मध्ये ४ कोरोना संक्रमितलाई आईतबार डिस्चार्ज गरिएको छ । अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनाको चौथौ पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.मदन उपाध्यायले जानकारी दिए । तेश्रो र चौथो पीसीआर परीक्षणमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरुलाइ डिस्चार्ज गर्न लागिएका डा.उपाध्यायले बताए ।
हेटौडा स्थित प्रादेशिक प्रयोगशालाबाट शनिबार बेलुकी अस्पताललाई चौथो रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको थियो । यसअघि तेश्रो रिपोर्ट पनि नेगेटिभ आएको थियो।उपाध्यायले पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजिटिभ आएपनि तेश्रो र चौथो रिपोर्ट लगातार नेगेटिभ आएप्छि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चार जनालाइ डिस्चार्ज गरिने बताए ।
डिस्चार्ज गर्न लागिएका चार मध्ये रौतहटका युवालाई आफन्तको जिम्मा लगाएर घर पठाइने र तीन भारतीय जमातीलाई भने सीमा बन्द रहेकाले वीरगन्जकै क्वारेन्टाइनमा राख्ने गरी डिस्चार्ज गर्ने विषयमा स्थानीय प्रशासनसँग छलफल भइरहेको मेसु उपाध्यायले जानकारी दिए ।
वीरगन्ज–२ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातीमध्ये ३ जनामा कोरोनाको संक्रमण रहेको चैत ३० मा पुष्टि भएको थियो।रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो। नारायणी अस्पतालको आईसोलेशनमा सर्लाही धनकौलका१४ वर्षीय किशोरको उपचार भईरहेको छ ।
उनलाई भने गत बिहीबार राति मात्रै अस्पताल ल्याइएको हो । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मेसु उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्