सन्राइज बैंक र शिखर इन्स्योरेन्स सम्झौता «

सन्राइज बैंक र शिखर इन्स्योरेन्स सम्झौता

 सन्राइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकका बचत खाताका ग्राहकहरूलाई स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।
उक्त सम्झौताअन्तर्गत बैंकका बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५५ भन्दा नबढ्ने गरी दाबी गर्न पाइने बैंकले बतायो । सन्राइज बैंकले आफ्नो स्थापनाकालदेखि नै आफ्ना बचत खाताका ग्राहकहरूको लागि ‘सामूहिक दुर्घटना बिमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौतापश्चात् सन्राइज बैंकका बचत खाताका ग्राहकहरूले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बिमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै सन्राइज बैंकका बचत खाताका ग्राहकहरूले दुर्घटना साथै स्वास्थ्य दुवै बिमा सुविधाहरू पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्