मेगा बैंकका ग्राहकलाई घरमै स्वास्थ्य सेवा र औषधि «

मेगा बैंकका ग्राहकलाई घरमै स्वास्थ्य सेवा र औषधि

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पु¥याउने भएको हो ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएको बैकले जनाएको छ । बैकले देशव्यापी लकडाउनका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस भनेर इजी केयरसँग सम्झौता गरेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्