गुराँस लाइफ इन्स्योरेन्सको बिमा शुल्क भुक्तानी इसेवाबाट «

गुराँस लाइफ इन्स्योरेन्सको बिमा शुल्क भुक्तानी इसेवाबाट

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बिमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफको बिमा शुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने लाइफ इन्स्योरेन्समा बिमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । यस्तै, ईसेवामा एकाउन्ट नभएका ग्राहकले ईसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बिमा शुल्क भुक्तानी गर्न सकिनेछ ।
गुराँस लाइफको प्रिमियम अनलाइनमार्फत भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘हामीले पछिल्ला दिनमा जीवन बिमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’
ईसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको यस कम्पनीबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एक करोडभन्दा बढीले सेवा लिइरहेका छन् ।
हाल ईसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
त्यस्तै, २०६४ सालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बिमा योजना सञ्चालन गरिरहेको छ ।
कम्पनीले गुराँस सावधिक जीवन बिमा योजना, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बिमा योजना, गुराँस जीवनश्री (सावधिक र आजीवन) बिमा योजना, गुराँस बाल सुरक्षा जीवन बिमा योजना, गुराँस सञ्जीवनी अग्रिम भुक्तानी जीवन बिमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बिमा योजना) जस्ता बिमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्