राहत प्याकेज ल्याउन राष्ट्रिय व्यापार संघको माग «

राहत प्याकेज ल्याउन राष्ट्रिय व्यापार संघको माग

राष्ट्रिय व्यापार संघले सरकारसँग प्याकेजसहितको राहतको लागि आह्वान गरेको छ । विश्वव्यापी महामारी संक्रमणको रुपले फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले संघले आर्थिक प्याकेजसहितको अपिल गरेको छ । संघले भनेको छ, “यो विषम परिस्थितिका कारण व्यापारमा धरासायी भएकाले संघले सरकारसँग बैंकको व्याज, घरभाडा सरकारी कर मिनाहासहितको आर्थिक प्याकेज माग गर्दछौं ।”
न्यून तथा मध्यमस्तरिय व्यवसायीहरुलाई धराशायी हुनबाट बचाउन बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरुको ब्याज, घरभाडा र करको दायित्व छुट गरेर सरलीकरणलगायत विविध आर्थिक सहजिकरणका प्याकेजहरु तत्काल उपलब्ध गराउन संघले माग गरेको छ ।
संघले शनिबार प्रेस विज्ञप्तिमा जारी लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै राहत तथा छुटका व्यवस्था अवलम्बन गर्न माग गरेको हो । कोरोना संक्रमणको महामारीले साना व्ययवसायी मारमा परेको भन्दै संघले राज्को सहयोगबिना पुन व्यापार व्यवसायमा फर्कन नसक्नेसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्