ललित व्यापार मेला सुरु «

ललित व्यापार मेला सुरु

ललितपुर उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार स्क्वायरमा ललित व्यापार मेला आयोजना गरेको छ । फागुन ३० गतेदेखि चैत ३ गतेसम्म चल्ने ४ दिने मेलामा करिब २ लाख विदेशी तथा स्वदेशी अवलोकनकर्ताले मेला अवलोकन गर्न आयोजकको अनुमान छ । मेलाको आयोजनाले स्थानीय साना तथा मझौला उद्यमीहरूलाई नयाँ वस्तु एवं सेवाको उत्पादनलाई प्रोत्साहन गर्ने साथै आफ्ना उत्पादनहरूलाई स्थानीय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण एंव प्रवद्र्धन गर्न सहयोग गर्ने उद्देश्य संघले लिएको छ ।
त्यसैगरी क्रेता, विक्रेताबीच व्यावसायिक सम्पर्क विस्तार गर्ने, स्थानीय उत्पादन तथा वस्तुको प्रचार–प्रसार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूबीच प्रविधि आदान–प्रदानको अवसर दिने, द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धनको अवसरका लागि यो मेला उपयोगी मानिएको छ ।
साथै सीपहरूको हस्तान्तरण गर्न सहयोगी हुने अपेक्षा आयोजक संघले गरेको छ । साथै लामो समयपछि मुलुकले राम्रो गन्तव्य लिएको र यसले देशको विकासमा थप टेवा दिने आयोजकले बताएको छ । यस्तै मेलाको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागमार्फत स्वर्ण जयन्ती लोगो अंकित १ हजारको चाँदीको सिक्का र १ सयको साधारण सिक्का निष्कासन हुने पनि आयोजकले जानकारी दिएको छ । नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० वटा स्टल रहनेछन् ।
स्टलहरूमा सजावटका सामान, पर्यटनसम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरू एवं स्वदेशी कपडाजन्य उत्पादनहरूसमेत छन् । साथै विदेशी पर्यटकहरूलाई लगानीको प्रतिफल दिने आकर्षक गन्तव्यका रूपमा नेपाल स्थापित भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह हुने विश्वास आयोजक संघको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमनि पौडेलले, “त्यस्तै मेलाले आर्थिक समृद्धिमा सहयोग गर्ने विश्वास मुख्य मन्त्री डोरमणि पौडेलले बताए । उद्यमीहरूसँग भएका समस्या सरकारसमक्ष ल्याउन सके समस्या समाधान हुने पनि जानकारी दिए । ”
यसैगरी ललितपुर उद्योग वाणिज्य महासघंका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार भूकम्पको कारणले गर्दा निकै समयपश्चात् मेला आयोजना भएको छ । संस्कृति र कला जोर्गानमा, पर्यटन र हस्तकला जस्ता क्षेत्रको विकासमा जोड दिने पनि उनले बताए । मुलुकको अवको गन्तव्य भनेको आर्थिक समृद्धि र विकास हो भन्दै उनले विकास र समृद्धिको आधार भनेको मुलुकमा उद्योगधन्दा बढ्नु, स्वदेशी वस्तुको निर्यात बढ्नु भएको बताए ।
रिना खत्री

प्रतिक्रिया दिनुहोस्