Logo

गोलभेडा नबिकेपछि जोतेर मकै

धादिङ-कारोना भाइरसको महामारी बढेसँगै सरकारले जारी गरेको लकडाउनका कारण धादिङका कृषक प्रभावित भएका छन् । लकडाउनका कारण तयारी अवस्थमा रहेको तरकारी बजार पु-याउन नपाउँदा बारीमै कुहिन थालेको छ । धादिङको गल्छी गाँउपालिका–१ कल्लेरीटार घर्तिटारका किसानहरुले गोलभेडा बेच्न नपाएपछि गोलभेडा नष्ट गरेर मकै रापेका छन् । बजारमा गोलभेडा मुल्य नभएको र व्यापारीले किन्नै नमाने पछि जोतेर मकै रोपेको कृषक रामचन्द्र खतिवडाले बताए ।
आठ हजार रुपैयाँ खर्च गरेर २ रोपनीमा स्थानीय जातको गोलभेडा लगाएका खतिवडाले गोलभेडा एक पटक पनि बच्न नपाएपछि ट्याक्टर लगाएर मकै रोपेको बताए । अन्य तरकारी पनि बेच्न नपाएपछि किसानले गाई भैंसीलाई खुवाएका छन् ।
एक रोपनी जग्गामा लगाएको वर्णशंकर जातको गोलभेडा चैत अन्तिम हप्ताबाट वैशाख तेश्रो हप्तासम्म टिपेर ८० हजार कमाई गर्ने किसानको योजना कोराना संक्रमणले प्रभावित भएको छ ।
गल्छी गाँउपालिका–७ कै अर्का किसान उत्तम धितालले गत वर्षको तुलनामा एक तिहाई मुल्यपनि लिन नसकेको बताए । बारीमा फलेको काँक्रो बेच्न नपाएक धितालले काठमाडौंबाट पैदल हिँडेर घर फर्किनेहरुलाई खुवाउने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्