१५० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ल्याउँदै साओमी

चिनियाँ स्मार्टफोन निर्माता साओमीले १५० मेगापिक्सेल क्यामेरासहितको स्मार्टफोन ल्याउने भएको छ ।
कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङसँगको सहकार्यमा यसअघि १०८ मेगापिक्सेलको सेन्सर भएकोस्मार्टफोन सार्वजनिक गरेको साओमीले यो पटक पनि सामसङसँग मिलेर १५० मेगापिक्सेलको सेन्सर ल्याउने तयारी गरेको छ ।
सन् २०२० को अन्तिमसम्म १५० मेगापिक्सेल सेन्सर भएको फोन ल्याउने बताइएको छ ।