आगन्तुकको पर्खाइमा लुम्बिनी «

आगन्तुकको पर्खाइमा लुम्बिनी

भैरहवा-अघिपछि सधैं व्यस्त रहने बुद्ध जन्मस्थल लुम्बिनी यतिबेला सुनसान छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनका कारण पछिल्लो एक् महिनादेखि लुम्बिनी क्षेत्र सुनसान बनेको छ । अझ अन्तर्राष्ट्रिय हवाइ उडान तथा स्थलगत सीमाहरु बन्द रहेकाले पनि पर्यटक नहुँदा लुम्बिनी सुनसान बनेको छ । पर्यटक र सर्वसाधारणको आवागमन नहुँदा पछिल्लो एक महिनादेखि शान्त रहेको लुम्बिनी क्षेत्रमा ॐ माने पद्मे हु गुन्जिन छोडेको छ । नत बुद्धम शरण गच्छामी भन्दै भिक्षुहरु मायादेवी मन्दिर वरपर घुमेको भेटिन्छ ।
लुम्बिनीमा कुनै मानव पदचाप सुनिँदैन अहिले । मानौँ, कुरिरहेछ मानिसका पदचापहरू लुम्बिनीले ।
चराहरूको चिरबिर, हावाको वहाव अहिले त्यहाँ सुनिने ध्वनि यत्ति नै हो । लुम्बिनी पवित्र उद्यान क्षेत्रमा ढकमक्क फूल फुलेका छन् । जता हे¥यो त्यतै शान्ति, त्यतै आनन्द । सडक किनारामा पनि फुलेका छन्, विभिन्न थरीका बेगमकली फूलहरू ।
मायादेवी मन्दिर, पवित्र पुष्करनी कुण्ड, विश्व शान्ति द्विप, केन्द्रीय नहर मात्र होइन, त्यहाँ रहेका विभिन्न विहारहरू पनि अहिले मानव चहलपहलविहीन छन् । शान्त ।
लकडाउनका कारण शान्तिस्थल दिव्य भूमि लुम्बिनीमा छुट्टै खालको शान्ति अनुभुति छ अहिले । चराहरुको चिरबिर, जंगल भित्रका निलगाई लगायतका जनावरहरुको निर्धक्क हिँडाई छ, त्यहाँ शान्तिमय छ लुम्बिनी ।
लुम्बिनीमा यस्तो निर्जनता अनि शान्ति यसअघि कहिल्यै देखिएको थिएन । सोच्दा हुन्, लुम्बिनीका वनभित्रका निलगाई लगायत वन्यजन्तु र चराचुरुङ्गीले त्यहाँ आउने रैथाने र विदेशी आगन्तुक चराहरुले पनि ।
मायादेवी मन्दिरको पश्चिमतर्फ छ पुष्करनी कुण्ड । जहाँ धेरै माछा र कछुवा छन् । जसलाई लुम्बिनी जाने पर्यटकले आहारा खुवाउन ग¥थे ।
पुष्करनी कुन्डकोे सिरानमा रहेको पिपल बोटमा बिहानदेखि साँझसम्मै धुप बाल्नेको घुइँचो हुन्थ्यो । आजभोलि त्यहाँ पनि निर्जनता छ । पिपल बोटले भन्यो होला, किन हो यो समयमा कोही आउँदैनन, धुप बाल्न । पूजा गर्न । के भएको होला मानव जातिलाई ।
निर्जन लुम्बिनी सायद खल्लो मानिरहेछ । शान्त भएरै लुम्बिनी कुरिरहेछ पहिला जस्तै डुल्न आउने मानिसहरुलाई । अनि त्यहाँ आएर विश्व शान्तिको कामना गर्ने स्वदेशी–विदेशी पर्यटकहरूलाई बोलाइरहेछ । तर त्यसो गर्न मानव जाति अहिले असुरक्षित छ । ऊ घरभित्रै थन्किएको छ । कोरोना भाइरसको सबैभन्दा राम्रो उपचार भनेको घरमै बस्नु र सामाजिक दुरी कायम गर्नु भनिरहेछ अहिले मानव दुनियाँ ।

प्रतिक्रिया दिनुहोस्