प्रदेश ५ मा प्रत्येक हप्ता ८ लाख अन्डा नष्ट «

प्रदेश ५ मा प्रत्येक हप्ता ८ लाख अन्डा नष्ट

ह्याचरी उद्योगमा लकडाउनको प्रभाब

भैरहवा-लकडाउनका कारण प्रदेश ५ मा मात्रै प्रत्येक हप्ता ह्याचींगका लागी तयारी अबस्थामा राखिएका ७ देखि ८ लाख गोटा सम्म अन्डाहरु नष्ट गरीदै आएको व्यबसायीहरुले बताएका छन् ।
साप्ताहिक रुपमा ठुलो संख्यामा अन्डा नष्ट गर्नु पर्दा प्रत्येकह हप्ता ४ करोड ५० लाख बढी नोक्सानी प्रदेश ५ को ह्याचरी उद्योगमा व्यबसायीहरुले व्यहोरीरहेको नेपाल ह्याचरी उद्योग संघ प्रदेश ५ का अध्यक्ष बासु बडालले बताए ।
अध्यक्ष बडालका अनुसार प्रदेश ५ मा मात्रै ५५ ह्याचरी उद्योग रहेका छन् । ह्याचरी उद्योगमा माउ कुखुरा(प्यारेन्ट कुखुरा)ले पारेका अन्डा ह्याच गर्न २१ दिन सम्म मेसिनमा राखिन्छ । १८ दिन सम्म कुनै पनि माग नआए ति सबै अन्डाहरु नष्ट गर्ने गरीएको अध्यक्ष बडालले बताए । चल्ला तयार भएर नष्ट गर्नु भन्दा अन्डानै नष्ट गर्नु ठिक ठानी नष्ट गर्दै आएका छौ, उनले भने ।
कुखुरा पालक कृषकहरुले चल्ला खरिद नगर्दा बाध्य भएर नष्ट गर्नु परेको व्यबसायीहरुको भनाई छ । कुखुरा पालक कृषकहरुको बिक्रीका लागी तयार बोयलर कुखुरा अहिले राम्ररी बिक्री हुन नसक्दा उनिहरु संग नगद अभाब देखिन्छ । ह्याचरी उद्योगले तत्कालका लागी चल्ला उधारोमा दिए पनि चल्लालाई खुवाउनु पर्ने दाना भने अहिले नगदमै खरिद गर्नु पर्ने र उधारोमा नपाईने जस्ता कारणले कुखुरा पालक किसानहरुले चल्ला खरिद गर्न छाडेका हुन् । लकडाउन अगाडी बिक्री सामान्य अबस्थामा रहे पनि लकडाउन सुरु भएपछि यो व्यबसाय नाजुक अबस्थामा आएको व्यबसायीहरुको भनाई छ ।
एक हजार चल्ला पाल्नका लागी ४० दिनका लागी ३ लाख रुपैया बराबरको दाना खुवाउनु पर्ने तथ्यांक रहेको छ ।
माउ कुखुरा(प्यारेन्ट)ले अन्डा पारे पछि त्यस्लाई तापमान मिलाएर एसि रुपमा १८ दिन सम्म राख्न सकिन्छ । त्यसरी राखीएका अन्डालाई पुनह मेशिनमा २१ दिन राखी ह्याच गरी चल्ला तयार हुन्छ । तापमान मिलाएर १८ दिन सम्म राखे पनि त्यसभन्दा बढी समय राख्दा अन्डामा रहेका शुक्रकिटहरु नष्ट हुदै जाने कारणले पनि छिटै ह्याच गर्ने मेशिनमा राख्ने गरिन्छ । ह्याचकै अबस्थामा १८ दिन सम्म कुनै पनि माग (अर्डर) नआए पछि अन्डानै नष्ट गर्न थालेको करीब १ महिना हुन लागेको छ ।
सरकारले एक चल्लाको मुल्य ५५ रुपैया ५७ पैसा कायम गरे पनि अहिले चल्ला बिक्री हुन छाडेपछि व्यबसायीले नोक्सानी व्यहोरेर २० रुपैया मुल्य कायम गर्दा पनि बिक्री भएको छैन् ।
प्रदेश ५ मा चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगहरु ५५ वटा छन् । रुपन्देहीमा सबैभन्दा बढी १३ उद्योग छन् । प्रदेश ५ मा रुपन्देही संगै दांग, कपिलबस्तु, बाके र बर्दिया ह्याचरी उद्योगका लागी अग्रणी हुन् ।

बोयलर कुखुरा र अन्डा पनि उस्तै
चल्ला व्यबसाय मात्र नभई प्रदेश ५ मा मासुका लागी तयार अबस्थामा रहेका बोयलर कुखुरा पनि बिकेका छैनन् । कुखुरा पालक किसानले मेहनत गरेर पालन गरेको कुखुरामा अहिले लकडाउनका कारण देखाउदै बिचौलियाहरु सलबलाउदा राम्ररी बिक्री हुन नसकेको बडालको भनाई छ । प्रदेश ५ मा मात्रै अहिले ८ लाख किलो मासु बराबर हुन आउने ३ लाख बोयलर कुखुरा बिक्रीका लागी तयार छन् । तर अहिले तिनीहरुलाई खुवाउन दाना अभाब हुदा कुखुरा मर्न सक्ने अबस्था आइसकेको छ ।
उधारोमा दाना पाइदैन, हामी किसानसंग नगद छैनन, भएका कुखुरा बिकेका छैनन, जताततै बाट समस्या छ, कुखुरा पालक किसान राजेश श्रेष्ठले बताए ।
भैरहवा बुटवलमा अहिले कुखुरा मासुको मुल्य २ सय ५० देखि ३ सय २० रुपैया सम्म बिक्री हुने गरेको भए पनि बिचौलियाले सिधै किसानकहाबाट १२० देखि १४० रुपैया प्रति किलोमा खरिद गरीरहेका छन् ।
त्यसै गरी अन्डाका लागी ५ लाख लेयर्स कुखुरा पालन प्रदेश ५ मा छ । तर अन्डाले पनि राम्ररी बजाज पाउन सकेको छैन । बिक्री नहुदा अन्डा फर्ममै कुहिन थालेको व्यबसायीहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्