वेस्टर्न युनियनको सेवा घरघरमा «

वेस्टर्न युनियनको सेवा घरघरमा

अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ । एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकलाई लकडाउनको समयमा आफन्तले पठाएको रकम प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
सरकारले कोरोनाको संक्रमण फैलन नदिन भन्दै आह्वान गरेको लकडाउन जारी गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु-याउने तथा होम डेलिभरी सुविधा उपलब्ध हुने जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्