मर्यादामा बस्न सांसदहरूलाई ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् ।
आफूलाई विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“संविधान समयको माग अनुसार संशोधन हुन्छ, तर देशलाई नोक्सानी हुने गरी अखण्डतामा असर पर्ने गरी संसोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ ।”प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने, लोकतन्त्र नहुनेजस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताए ।प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका लाग गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाए ।