गृह प्रवक्तामा सुवेदी

गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव रामकृष्ण सुवेदीलाई दिएको छ । शान्तिसुरक्षा महाशाखा प्रमुख रहेका नारायणप्रसाद शर्मा दुवाडीलाई नीति तथा योजना महाशाखामा सरुवा गरी उनको स्थानमा सुवेदीलाई ल्याइएको हो ।
गृहमन्त्री रामबहादुर थापा (वादल)ले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक सुवेदीलाई बुधबारदेखि नै लागू हुने गरी गृह मन्त्रालयको प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुखमा सरुवा गरेका हुन् । तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतको कार्यकालमा गृह प्रवक्ता रहेका शर्मालाई त्यसपछि गृहमन्त्री बनेका विमलेन्द्र निधिले हटाएका थिए । निधिले सुवेदीलाई हटाएर वालकृष्ण पन्थीलाई ल्याएका थिए । सत्ता समीकरण वदलिएपछि सुवेदी पुन गृह प्रवक्ता मै आएका हुन् ।