Logo

भाटभटेनीका ६ आउटलेट खुला

कालकडाउनका कारण सर्वसाधारणले दैनिक उपभोग्य सामग्री खरिदका लागि सहज बनाउन शुक्रबारबाट काठमाडौं उपत्यकाका ६ वटा आउटलेट खुला गर्ने भएको छ ।
दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । भाटभटेनी ग्रुपले कलंकी, महाराजगञ्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो ।
ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् । भाटभटेनी समूहले उपत्यका बाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्जमा पनि भाटभटेनी सुपरस्टोर आउटलेट सञ्चालन गरेको छ ।
उपत्यका बाहिरका आउटलेट पनि खुला रहने पनि कम्पनीले जनाएको छ । बिहान १० देखि साँझ ७ बजेसम्म सेवा दिने स्टोरमा सामाजिक दूरी कायम राखेर एक पटकमा १० जनालाई मात्रै प्रवेश दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्